चर्चित उद्यमीसहित एमाले परित्याग गरि सयौं नेता–कार्यकर्ता माओवादीमा प्रवेश

Gandaki Pardesh notice

चितवनमा चर्चित उद्यमीसहित एमाले परित्याग गरि सयौं नेता–कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरेका छन् । आज भरतपुरमा आयोजित  कार्यक्रममा उनीहरु माओबादी प्रवेश गरेका थिए भने  अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीमा उनीहरुलाई स्वागत गरेका थिए ।

चितवनका स्थापित उद्यमी विजय घलेसहित  एमाले परित्याग गरि सयौं कार्यकर्ताहरु माओवादी केन्द्रमा प्रवेश गरेका छन् । विभिन्न महिला समूह र मुस्लिम समुदायका प्रतिनिधिहरूसमेत माओबादी प्रवेश गरेका छन् । सोहि अबसरमा  प्रचण्डले देशमा व्यवस्था बदलिए पनि अवस्था जहाँको त्यही भएको भन्दै अब जनताको अवस्था बदलेर उनीहरुको मुहारमा खुशी ल्याउने चाहना रहेको बताएका थिए । प्रचण्ड चुनावी कार्यक्रममा सहभागी हुन शनिबार चितवन गएका थिए ।

प्रचण्डले निकै ठूलो त्याग र बलिदानबाट देशमा संघीय लोकतान्त्रिक गणतन्त्र आएको स्मरण गर्दै परिवर्तन उल्ट्याउन खोज्ने हर्कतहरुलाई नेपाली जनताले कदापी सहन नसक्ने बताएका छन् । उनले माओवादी पार्टी नै देश र जनताको भविष्यको निम्ति लड्ने पार्टी भएको र जनताको मुहारमा खुशी ल्याउन माओवादीले नै नेतृत्व गर्नुपर्ने धारणा राखेका छन् ।

Shreekrishna hardwear in news

जनताको मुहारमा खुशी ल्याउने चाहना छ ः प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमा व्यवस्था बदलिएपनि अवस्था जहाँको त्यही भएको भन्दै अब जनताको अवस्था बदलेर उनीहरुको मुहारमा खुशी ल्याउने चाहना व्यक्त गनुर्भएको छ ।

Bhautik ministry notice about road

चुनावी कार्यक्रममा सहभागी हुन शनिबार चितवन जानु भएका अध्यक्ष प्रचण्डले आइतबार भरतपुरमा पार्टी प्रवेश तथा समायोजन कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै सो धारणा राख्नुभएको हो ।

प्रचण्डले आफ्नो नेतृत्वमा दुई पटक सम्म सरकार सञ्चालन गर्दा जनताको मुहारमा खुशी ल्इाउन सक्दो पहल गरेको पनि बताउनुभयो । उहाँले चितवनमा नमूना विकासको प्रयास गरेको भन्दै त्यसलाई अब देशव्यापी विस्तार गर्ने पनि बताउनु भयो ।  

प्रचण्डले निकै ठूलो त्याग र बलिदानबाट देशमा संघीय लोकतान्त्रिक गणतन्त्र आएको स्मरण गर्दै परिवर्तन उल्ट्याउन खोज्ने हर्कतहरुलार्य नेपाली जनताले कदापी सहन नसक्ने बताउनुभयो । उहाँले माओवाद िपार्टी नै देश र जनताको भविष्यको निम्ति लड्ने पार्टी भएकोले अब जनताको मुहारमा खुशी ल्याउन पनि माओवादीले नै नेतृत्व गर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘चितवनमा अहिले नमूना विकासको प्रयास गरेका छौं, आगामी दिनहरुमा निकै ठूलो फड्कोका तीव्र गतिमा विकास र समृद्धिको नयाँ मोडेल चितवनले प्रदर्शन गर्नेछ ।’
चितवनको विकासको मोडेल देशैभरी विस्तारित गर्ने पनि उहाँले बताउनुभयो ।

कार्यक्रममा विजय सफल व्यवसायी वामपन्थी यूवा नेता विजय घलेका साथै मुस्लिम समुदायका महत्वपुर्ण नेतृत्वहरू विभिन्न महिला समुहका युवाहरू माओवादीमा प्रवेश गरेका थिए । देशको परिबर्तनको मुलधारको नेतृत्व अध्यक्ष क। प्रचण्ड र माओबादी पार्टी नै भएको भन्दै उनीहरु माओवादीमा प्रवेश गरेका बताएका छन् ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...