कालीगण्डकी तिरमा सामुहिक पितृ तर्पण

Gandaki Pardesh notice

बेनी, । म्याग्दीको बेनी स्थित कालीगण्डकी नदी किनारमा आइतबार सामुहिक पितृ तर्पण गरिएको छ ।

Bhautik ministry notice about road

सोह् श्राद्धको औसी तिथी पारेर आत्रेय गोत्रीय पौडेल बन्धु समाज म्याग्दीले सामुहिक पितृ तर्पण आयोजना गरेको हो । आत्रेय गोत्रका पौडेल अन्तरगत विभिन्न १० वटा भाइखलकका प्रतिनिधीले पितृ तर्पण गरेका समाजका हरिप्रसाद पौडेलले जानकारी दिनुभयो ।

विभिन्न कारणले दिवंगत भएपनि काजक्रिया र श्राद्ध नपाएका पितृहरुको सम्झनामा पितृतर्पण गरिएको उहाँले बताउनुभयो । पितृतपर्णका क्रममा संकलन गरेर बचत भएको रकम बेनीका म्याग्दी बालगृहलाई उपलब्ध गराएको समाजले जनाएको छ । यस वर्षको सोह् श्राद्ध आइतबार सकिएको छ । सोह् श्राद्धको अन्तिम दिन मुस्ताङको कागबेनीमा पितृ तपर्ण गर्नेको घुइचो लागेको थियो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...