म्याग्दीका ५०७ जना उमेद्वारलाई जरिवाना

Gandaki Pardesh notice

बेनी, गत स्थानीय तहमा उमेद्वार बनेका म्याग्दीका पाँच सय जनालाई निर्वाचन आयोगले जरिवाना गरेको छ ।

स्थानीय तह निर्वाचनमा विभिन्न पदमा उमेद्वार बनेर खर्च विवरण नबुझाएका ५०७ जनालाई रु. एक लाख पचास हजार देखि रु. चार लाख पचास हजार सम्म जरिवाना तोकेको हो । जिल्ला निर्वाचन कार्यालय म्याग्दीका अनुसार ७१८ जना मध्य २८६ जनाले मात्र तोकिएको समयभित्र खर्च विवरण बुझाएका थिए ।

निर्वाचनको अन्तिम परिणाम घोषणा भएको ३० दिनभित्र निर्वाचन कार्यालयमा तोकिएको सिमाभित्र रहेर खर्च विवरण बुझाउनुपर्ने कानुनी व्यवस्था छ । २०७९ असार महिनाभित्र विवरण नबुझाएका उमेद्वारलाई आयोगले गत भदौमा स्पष्टिकरण सहित खर्च विवरण बुझाउन समय दिएको थियो ।

Shreekrishna hardwear in news

मालिका गाउँपालिकाका १३२ जना, रघुगंगाका ११४ जना, बेनी नगरपालिकाका ९६ जना, मंगला गाउँपालिकाका ७९ जना, धवलागिरी गाउँपालिकाका ४४ जना र अन्नपूर्णका ३५ जनालाई आयोगले जरिवाना तोकेको छ । समयमा निर्वाचन खर्च विवरण नबुझाउनेमा अधिकांश पराजित उमेद्वार छन् । केही विजयी र दोस्रो पटक उमेद्वार भएकाहरुले समेत विवरण बुझाएका छैनन् ।

Bhautik ministry notice about road

निर्वाचन कार्यालयले शनिवार सार्वजनिक गरेको विवरण अनुसार बेनी नगरपालिकाको मेयरमा उमेद्वार बनेका राप्रपाका मिना सापकोटा, मंगोल नेशनल अर्गनाइजेशनका नरबहादुर थापा, उपप्रमुखमा उमेद्वार बनेका एमालेका पशुपति शाही, राप्रपाका एकेन्द्र रावललाई जनही रु. चार लाख पचास हजार जरिवाना तोकिएको छ ।

खर्च विवरण नबुझाउने नगरपालिकाका वडा अध्यक्षका उमेद्वारलाई जनही रु. २ हजारका दरले जरिवाना तोकिएको छ । अन्नपूर्ण गाउँपालिकामा अध्यक्षका उमेद्वार काँग्रेसका बलबहादुर तिलिजा पुन, राप्रपाका तिर्थ खड्का, मंगोल नेशनल अर्गनाइजेशनका रामबहादुर गर्बुजा, उपाध्यक्षमा काँग्रेसकी ललिता तिलिजा पनि समयमा विवरण नबुझाएका कारण जनही रु. तीन लाख पचास हजार जरिवानामा पर्नुभएको छ ।

काँग्रेसबाट मालिकाको अध्यक्षका उमेद्वार श्रीप्रसाद रोका, मंगोलका खमबहादुर रोका, उपाध्यक्षकी उमेद्वार पिपला बुढाथोकी र माओवादीकी उपाध्यक्षकी उमेद्वार गौरी सेञ्चुरीले पनि निर्वाचन विवरण बुझाउनुभएको छैन् । धवलागिरी गाउँपालिकाको अध्यक्षका उमेद्वार राप्रपाका होमबहादुर थापा, नेकपा एकिकृत समाजवादीका बमबहादुर पाइजा, उपाध्यक्षकी उमेद्वार मंगोलका खममाया रोका, रघुगंगा गाउँपालिकाको उपाध्यक्षमा निर्वाचित काँग्रेसकी प्रेमकुमारी पुन, एमालेका अध्यक्षका उमेद्वार प्रेमबहादुर कार्की, माओवादीका मिना बिक, स्वतन्त्र सागर भण्डारी, उपाध्यक्षमा माओवादीबाट उमेद्वार बनेका रिमबहादुर कटुवाल, स्वतन्त्र अनुरोध रिजाल पनि जरिवानामा पर्नुभएको छ ।

मंगला गाउँपालिकामा काँग्रेसका अध्यक्षका उमेद्वार बिरेन्द्र बुढाथोकी, राप्रपाका योगेन्द्र शेरचन, मंगोलका गिरु रोका, उपाध्यक्षमा काँग्रेसकी शर्मिला थापा, माओवादीका सुकमाया रोका र राप्रपाकी विन्दु मल्ललाई पनि निर्वाचन आयोगले जरिवाना तोकेको छ ।

अन्नपूर्णमा ३१ जना, मालिकाका १२७, रघुगंगाका १०९, धवलागिरीका ४२ जना, मंगलाका ७३ जना उमेद्वार समयमा चुनाव खर्च विवरण नबुझाएका कारण जरिवानामा पर्नुभएको छ । गाउँपालिकाका वडा अध्यक्ष र सदस्यका उमेद्वारहरुलाई जनही रु. एक लाख पचास हजारका दरले जरिवाना तोकिएको छ ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...