घारखोला जलविद्युत आयोजना निर्माणको अन्तिम चरणमा

Sinchai Khanipani notice

बेनी, म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा सञ्चालित १४ मेगावाट क्षमताको घारखोला जलविद्युत आयोजना निर्माणको अन्तिम चरणमा पुगेको छ ।

वि.स. २०७४ चैत महिनादेखि शुरु भएको घारखोलाको ९२ प्रतिशत निर्माण सकिएको आयोजनाको प्रर्वद्धक कम्पनी म्याग्दी हाइड्रोपावरले जनाएको छ । आयोजनाको बनिसकेका संरचना परिक्षण गर्न थालिएको छ ।

बाँध र डिसेन्टर (पानी थिग्राउने पोखरी)मा पानी हालेर परिक्षण शुरु गरिएको छ सुरुङ, विद्युतगृह, प्रशारण लाइन र सवस्टेशनमा बाँकी संरचना निर्माणलाई तिब्रता दिनुका साथै बनिसकेका संरचनाहरुको परिक्षणलाई संगसँगै अघि बढाइएको छ ।

Shreekrishna hardwear in news

आगामी मंसिर महिनादेखि परिक्षण उत्पादन शुरु गर्ने तयारी र लक्ष्यका साथ सिभिल, हाइड्रो र इलेक्ट्रोमेकानिकल तर्फको कामलाई तिब्रता दिइएको आयोजनाका ईञ्जिनियर जोसेप बज्राचार्यले बताउनुभयो । “हालसम्म समग्रमा ९२ प्रतिशत भौतिक प्रगति भएको छ,” उहाँले भन्नुभयो “२०७८ असोज १३ गते जोडिएको तीन हजार पाँच मिटर लामो सुरुङ पलास्टरको काम भइरहेको छ ।”

असोज देखि सुरुङको परिक्षण गर्ने तयारी छ । अन्नपूर्ण गाउँपालिका–५ शिख र ६ घारको सिमानामा पर्ने कुरिलाबगरमा जगदेखि ११ मिटर अग्लो बाँध निर्माण भएको छ । बाँध र ४५ मिटर लम्बाइको दुई वटा पानी थिग्राउने पोखरी (डिसेन्डर)मा परिक्षणका लागि पानी हालिएको हो । डिसेन्डरदेखि सुरुङ सम्म २४८ मिटर लामो डिसेण्डर एप्रोच क्यानल जडान भएको छ ।

Bhautik ministry notice about road

अमिलाकाफलमा रहेको आउटलेट देखि बिद्युतगृहसम्म ४८५ मिटर पेनस्टक पाइप जडान भएको छ । आउटलेट देखि बिद्युतगृहको दुरि एक हजार २०० मिटर र उचाई ४८५ मिटर छ । पोखरेबगर स्थित गोजेखोल्सीमा पहाड काटेर बनाइएको विद्युतगृहमा छाना छाउने र पर्खाल लगाउने तयारी भएको छ ।

विद्युतगृहमा जडान गरिने टर्वाइन, जेनेरेटर लगायतका इलेक्ट्रोमेकानिकल तर्फका उपकरण आयोजना स्थलसम्म ढुवानी भइसकेको छ । जडानका लागि प्राबिधिक टोली आएका छन् । घारखोलाको इलेक्ट्रिकल ठेकेदार सिमर इनर्जी प्रा.ली. इन्डिया, हाइड्रोमेकानिकल ठेकेदार सिई हाइड्रोमेकानिकल वर्क प्रा.ली. र सिभिल ठेकेदार साउथ एसियन इन्फास्टक्चर हो ।

पोखरेबगरदेखि २२० केभी क्षमताको दाना सब स्टेशनसम्म आठ किलोमिटर ३३ केभीएको डबल सर्किट प्रशारण लाइनको पोल गाड्ने, तार तान्ने र सवस्टेशनमा सिभिल संरचना बनाउने काम भैरहेको इञ्जिनियर बज्राचार्यले बताउनुभयो ।

कुल रु. दुई अरब ४२ करोड लागत अनुमान गरिएको आयोजनामा एनएमबी बैंकको नेतृत्वमा एनआइसी एसीया, कुमारी र प्राइम कर्मसियल बैंकले लगानी गरेका छन् । नागरिक उर्जा बुटवल लिमिटेडको अगुवाइमा रुपन्देहीका सर्वसाधारणले पनि लगानी गरेका छन् ।

२०७८ माघमा सञ्चालन गर्ने लक्ष्य राखिएको आयोजना निर्माण कोरोना, निषेधाज्ञा, बन्दाबन्दी र प्राकृतिक विपद्का कारण ढिलाई भएको सञ्चालकले बताएका छन् ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...