मल्लाज साना किसान सहकारीको साधारणसभा

Sinchai Khanipani notice

मल्लाज । पर्वतको जलजला गाउँपालिका–३ मा रहेको मल्लाज साना किसान कृषि सहकारी संस्था लिमिटेडको १८ औ वार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ ।

साधारणसभाको उद्घाटन गर्दै जलजला गाउँपालिकाका अध्यक्ष राजुप्रसाद आचार्यले जलजलाको प्रमुख आधार कृषिलाई व्यवसायीकरण मार्फत स्थानीयको आयआर्जन र जिवनस्तर सुधार गर्न सकिने बताउनुभयो ।

उहाँले साना किसान सहकारीको कार्यक्रमले कृषकहरुलाई सहयोग पुगेको बताउदै सहकारीको सेवालाई विस्तार र थप प्रभावकारी बनाउन सुझाव दिनुभयो । कृषि उत्पादनमा प्राथमिकता दिने सहकारीलाई गाउँपालिकाले सहयोग र सहकार्य गर्ने बताउनुभयो ।

Shreekrishna hardwear in news
Bhautik ministry notice about road

सहकारीका अध्यक्ष शशी शर्मा आचार्यको अध्यक्षता, सदस्य पार्वती खत्रीको स्वागत र सचिव डम्मरबहादुर घर्ति क्षेत्रीको सञ्चालनमा सम्पन्न कार्यक्रममा जलजला–३ का वडा अध्यक्ष एकिन्द्र खत्री, संस्थापक अध्यक्ष टेकनाथ शर्माले मन्तब्य व्यक्त गर्नुभयो ।

एक हजार ५६ जना सदस्य र रु. ९५ लाख ७७ हजार सेयर पुँजी रहेको सहकारीले गत आर्थिक वर्षमा रु. छ करोड ३४ लाख निक्षेप संकलन, रु. नौ करोड ४ लाख कर्जा लगानी गरेको प्रबन्धक सनिता कार्कीले जानकारी दिनुभयो ।

पशुपालन र स्वाबलम्बन शिर्षकको कर्जामा ९ प्रतिशत ब्याजदरमा लगानी गरेको संस्थाले गत वर्ष रु. ४९ लाख मुनाफा गरेको छ । रु. दुई करोड १२ लाखको जगेडा कोष बनाएको छ । १०० जना सदस्यहरुलाई विना धितो करिब रु. एक करोड सामुहिक जमानीमा लगानी गरेको छ । जलजलाको १, २, ३, ४ र ५ नम्बर वडामा मल्लाज साना किसान सहकारीले सेवा पु¥याउदै आएको छ ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...