प्रभु बैंकको वित्तीय साक्षरता

Gandaki Pardesh notice

बेनी, । प्रभु बैंक लिमिटेड बेनी शाखाले शैक्षिक संस्थाहरुमा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको छ ।

बैंकको सेवा सुविधा, उपयोगिता, महत्व र फाइदाका साथै पछिल्लो समय प्रयोगमा आएको डिजिटल बैकिंग सुविधाको बारेमा जानकारी गराउन कार्यक्रम सञ्चालन गरेको हो ।

Bhautik ministry notice about road

बेनी नगरपालिका–४ को धवलागिरी मावि र बेनीको म्याग्दी बहुमुखी क्याम्पसमा वित्तीय साक्षरता कार्यक्रम गरिएको प्रभु बैंकको बेनी शाखा प्रबन्धक बिनोद केसीले बताउनुभयो । उहाँका अनुसार चाडपर्वको समयमा बजारमा आउने नयाँ नोटलाई कसरी सफा राख्ने भन्ने विषयमा पनि जानकारी गराइएको छ ।

Shreekrishna hardwear in news

विद्यार्थीहरुलाई बैङ्कको महत्व, दैनिक जिवनमा बैकिङ कारोबारका फाइदा, भविष्यको योजना, बैंकबाट प्राप्त गरिने सेवा, सुविधा, वचत र यसका फाइदा, कर्जा लिने प्रक्रीया लगायतका विषयमा जानकार गराइएको थियो ।

प्रभु बैंकको म्याग्दीको बेनीका साथै रघुगंगाको मौवाफाँट, अन्नपूर्णको पोखरेबगर, मंगलाको बाबियाचौर, मालिकाको दरवाङ र धवलागिरीको ताकममा शाखा छन् । ताकमको शाखाले पनि हालै धवलागिरी गाउँपालिकाको गुर्जामा पुगेर वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको थियो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...