म्याग्दीका पाँच जनालाई जनसेवाश्री पदक

Gandaki Ghumau

बेनी । संविधान दिवसको अवसरमा विभिन्न क्षेत्रका म्याग्दीका पाँच जनाले जनसेवाश्री पदक पाउने सोमबार सार्वजनिक भएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा संविधान दिवस, २०७९ तथा राष्ट्रिय दिवसका अवसरमा नौ सय ९८ जनालाई विभिन्न मानपदवी, अलङ्कार र पदकबाट विभूषित गर्ने घोषणा गर्नुभएको छ ।

Gunasthariya Shiksya

उक्त घोषणा बमोजिम म्याग्दीको रघुगंगा गाउँपालिका–३ पिप्ले घर भई राष्ट्रिय महिला भलिबलका कप्तान अरुणा शाही, मंगला गाउँपालिका–१ निवासी संगीतकार दिपक शर्मा, बेनी नगरपालिका–९ घर भई जिल्ला प्रशासन कार्यालयमा कार्यरत नायब सुब्बा लिला बहादुर चोखाल, दरबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा कार्यरत सिनियर अस्पताल निरिक्षक लक्ष्मी कुमारी मल्ल पुर्जा र मुस्ताङको थासाङ गाउँपालिका २ घर भई म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दानामा बसोबास गरि बेनी–जोमसोम–कोरला सडक आयोजनामा कार्यरत इन्द्रसि.ह शेरचनलाई जनसेवाश्री पदक प्रदान गरिने भएको हो ।

Shreekrishna

विभूषित हुने महिला भलिबल खेलाडी शाहीले नेपाललाई अन्तराष्ट्रिय उपाधी जिताउने खेलहरुको नेतृत्व समेत गरिसक्नुभएको छ भने संगीतकार शर्माले विभिन्न गीतहरुका साथै चलचित्रहरुमा समेत संगीत भर्दै आउनुभएको छ । स्वास्थ्यकर्मी पुर्जा र नायब शुब्बा चोखाललाई कार्य सम्पादन र सेवा प्रवाहको मूल्यांकन गरि पदकका लागि सिफारिस गरिएको थियो भने सडक आयोजनामा कार्यरत शेरचनले आफ्नो काम संगै बेनी–जोमसोम सडकखण्डमा पहिरो पन्छाउने, अलपत्र परेकाहरुको उद्धार गर्ने कार्यमा निरन्तर क्रियाशिल हुनुहुन्छ ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...