कालीपुल युनाइटेड कपको उपाधी आयोजकलाई

Add Samajik bikash office

बेनी । दोस्रो फोरए साइड कालीपुल युनाइटेड कपको उपाधी आयोजकले जितेका छन् ।

आयोजक कालीपुल युनाइटेड क्लवले विकु फ्यामिली पर्वत बेनीलाई शून्यका विरुद्ध १ गोल गर्दै उपाधी जितेका हुन् । शनिबार कालीपुलको खेलमैदानमा भएको फाइनलमा कालीपुलका बिनम थजालीले एक गोल गर्नुभएको थियो ।

सेमी फाइनलमा सिवलिङ्स ए लाई ३ का विरुद्ध चार गोलले पराजित गर्दै कालीपुल युनाइटेड र मनसुन युवा क्लवलाई शुन्यका विरुद्ध १ गोल गर्दै विकु फ्यामीली फाइनलमा पुगेका थिए ।

Shreekrishna hardwear in news
Bhautik ministry notice about road

भदौ ३१ गतेदेखि शुरु भएको प्रतियोगितामा ३४ वटा टिमले सहभागीता जनाएका थिए । एक टिममा ४ जना खेलाडी सहभागी भएकाले फोर ए साइड प्रतियोगिता भनिएको हो । प्रतियोगितामा बिजेता र उपबिजेतालाई कप, मेडल र प्रमाणपत्र सहित नगद रु. ५० हजार ५५५ र २५ हजार ५५५ पुरस्कार प्रदान गरिएको थियो ।

बिकु फ्यामिलीका किरन थापा उत्कृष्ट खेलाडी, कालीपुलका पुरन छन्त्याल उत्कृष्ट डिफेन्डर र बिनम थजालीले सर्वाधिक गोलकर्ताको उपाधी सहित नगद रु. दुई हजार २२२ का दरले पुरस्कार पाउनुभयो । अनुशासित टिमका उपाधी पाएको लामाखेतले रु. पाँच हजार ५५५ पुरस्कार पायो ।

जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दिनेश केसी, पुर्व अध्यक्ष तथा बेनी नगर कार्यपालिका सदस्य कृष्णकुमार विश्वकर्मा, पुर्व खेलाडी इपेन तिलिजा र क्लवका अध्यक्ष साजन फगामीले पुरस्कार वितरण गर्नुभएको थियो ।

Gandaki dadelo notice
प्रतिक्रिया दिनुहोस
Loading...