हिस्तुन म्याग्दीको अध्यक्षमा पौडेल

Gandaki Pardesh notice

बेनी। माध्यमिक विद्यालय शिक्षक युनियन (हिस्तुन) म्याग्दीको अध्यक्षमा रामचन्द्र पौडेल चयन हुनुभएको छ ।

बेनीमा सोमबार सम्पन्न भएको युनियनको दोस्रो अधिवेशनबाट पौडेलको अध्यक्षतामा सर्वसम्मत कार्यसमिति चयन भएको हो । युनियनको महिला उपाध्यक्षमा गंगा बानिया, उपाध्यक्षमा मदन सुवेदी, सचिवमा नबिन भट्टराई, सहसचिवमा बिमल बरुवाल र कोषाध्यक्षमा सुजन बानिया चयन हुनुभएको छ ।

Bhautik ministry notice about road

सदस्यहरुमा दिपक अर्याल, प्रकाश सुवेदी, बुलबुल थापा, ज्ञानबहादुर पुन, रमेश भण्डारी, गणेश पुन, नारायण सापकोटा र शिव रिजाल रहनुभएको छ । युनियनका निवर्तमान अध्यक्ष कविराम थापाको अध्यक्षता र केन्द्रिय समिति अध्यक्ष मण्डलका सदस्य बालकृष्ण कडेलको प्रमुख आतिथ्यता र सहअध्यक्ष शंकर तिवारीको विशिष्ट आतिथ्यतामा अधिवेशन सम्पन्न भएको हो ।

Shreekrishna hardwear in news

कक्षा ११ र १२ मा अध्यापरन गराउने शिक्षकहरु आवद्ध युनियनले विभिन्न १६ बुदे माग सहित आन्दोलनमा छन् । शैक्षिक जनशक्ति उत्पादन गर्न महत्वपूर्ण भूमिका खेल्ने हिस्तुनमा आवद्ध शिक्षकहरुको माग सम्बोधनका लागि केन्द्रिय कार्यक्रम अनुसार जिल्लामा थप सक्रीय हुने बताउनुभयो । तीन दशकदेखि आंशिक, अनुदान र अस्थायी दरबन्दीमा कार्यरत शिक्षकलाई स्थायीको प्रक्रीयामा लैजानुपर्ने गर्नुपर्ने युनियनको माग छ ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...