बालगृहलाई सहयोग

Gandaki Pardesh notice

बेनी, । अस्टे«लीयामा रहेको एक धार्मिक संस्थाले शनिबार बेनीको बालगृहलाई करिब रु. ५० हजार मूल्य बराबरको जिन्सी सामग्री र नगद उपलब्ध गराएको छ ।

Bhautik ministry notice about road

अस्टे«लीयाको हिस ग्लोरी नेपाली चर्चले रु. बिस हजार नगद र रु. २९ हजार ८०० मूल्य बराबरको पाँच बोरा चामल सहित, चाउचाउ, बिस्कुट, कापी कलम लगायतका सामग्री सहयोग गरेको हो ।

बेनी नगरपालिका–८ घर भई हाल अस्टे«लीयामा बस्दै आएका अप्सन पुर्जाले नेपाल बाल संगठनका अध्यक्ष राजेश शाक्यलाई नगद र जिन्सी सामग्री हस्तान्तरण गर्नुभएको थियो । म्याग्दी बालगृहमा हाल ११ जना अनाथ बालबालिकाहरुले आश्रय पाएका छन् ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...