बेनीमा लामखुट्टेको वासस्थान खोजेर नष्ट गरियो

Gandaki Pardesh notice

बेनी, बेनी नगरपालिकाको वडा नम्बर ७ को विभिन्न ठाउँमा शनिबार लामखुट्टेको वासस्थान खोजेर नष्ट गरिएको छ ।

देशका विभिन्न ठाउँमा फैलिएको डेंगुका बिरामी म्याग्दीमा पनि भेटिन थालेपछि बेनीमा अभियान सञ्चालन गरेर लामखुट्टेको वासस्थान खोजेर नष्ट गरिएको हो । लामखुट्टेको लार्भा र वासस्थान नष्ट गर्न सार्वजनिक स्थलको सरसफाई गरिएको बेनी नगर कार्यपालिकाका प्रवत्ता समेत रहेका वडा नम्बर ७ का अध्यक्ष रमेशकुमार श्रेष्ठले बताउनुभयो ।

संगमचोक, बालमन्दिरचोक, खुल्ला मञ्च खेलमैदान, बिरेन्द्रचोक, मंगलाघाट, वसपार्क, कालीगण्डकी र म्याग्दी नदीको किनारमा लामखट्टेको सम्भावित वासस्थान पहिचान र नष्ट गरिएको छ ।

Shreekrishna hardwear in news

‘जनप्रतिनिधीहरुको नेतृत्वमा चार वटा समूह बनाएर टोल सुधार समिति, स्थानीयवासी, विद्यार्थी र सुरक्षाकर्मीहरुको सहभागितामा अभियान सञ्चालन गरिएको हो,’ वडा अध्यक्ष श्रेष्ठले भन्नुभयो ‘लामखुट्टेले अण्डा पार्नसक्ने सम्भावित स्थानहरूको खोजी गरी झाडी नष्ट गर्ने, फोहोर संकलन गरी व्यवस्थापन, पानी जम्ने ठाउँ पुरिएको छ ।’ कार्यपालिका सदस्य सिर्जना श्रेष्ठ, सुजाता किसान, वडा सदस्य विश्वास श्रेष्ठ र रमेश फगामीको नेतृत्वमा अभियान सञ्चालन गरिएको थियो ।

वडा अध्यक्ष श्रेष्ठका अनुसार डेंगु संक्रमित बेनीकी एक युवतिको काठमाडौमा उपचारको क्रममा निधन भएको थियो । बेनी नगरपालिकाको ७ र ८ नम्बर वडाको संयुक्त बैठक बसेर अभियान सञ्चालन गर्ने निर्णय भएको थियो ।

Bhautik ministry notice about road

स्वास्थ्य कार्यालयका अनुसार सन २०२२ शुरु भएयता म्याग्दीमा १३ जनामा डेंगु संक्रमण पुष्टि भएको छ । कार्यालयका प्रमुख एकनारायण लम्सालले पछिल्लो १० दिनयता ११ जनामा डेंगु पुष्टि भएको बताए । जिल्लामा सन २०२१ मा ६८, २०२० मा ९९ र २०१९ मा ११ जनामा डेंगु संक्रमण भएको थियो ।

तीन देखि पाँच दिनसम्म लगातार ज्वरो आउनु, टाउको दुख्नु, आँखाको गेडी दुख्नु, शरीरमा डाबर आउनु, अरुची हुनु, जोर्नी तथा मांशपेशी दुख्नु, पेट तथा आन्द्रामा गडबडी डेंगुको लक्षण हुन् । चिकित्सकका अनुसार डेंगु भाइरसबाट सङ्क्रमित एडिज जातको लामखुट्टेको टोकाइबाट मात्र सर्दछ । थोरै मात्र पानी जम्मा भएको भाँडामा पनि यो लामखुट्टेले फुल पार्दछ र यसको वृद्धि विकास हुन्छ ।

डेंगुका बारेमा स्थानीय तहहरुसँग समन्वय गरेर सन्देशमूलक सूचना सामग्रीको प्रकाशन र प्रसारण पनि गरिएको स्वास्थ्य कार्यालयका सूचना अधिकारी गणेश सुवेदीले बताउनुभयो । भदौको अन्तिम देखि असोजको मध्यसम्म डेंगु फैलने गरेको छ । बेनी नगरपालिका, अन्नपूर्ण, रघुगंगा र मालिका गाउँपालिकामा डेंगु संक्रमित भेटिएका छन् ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...