कलाकारमाथी भएको दुरव्यवहारको छानविनको माग

Gandaki Ghumau

बेनी । जापानमा म्याग्देली गायिका अमृता श्रीपालमाथि भएको दुव्यवहारप्रति राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान म्याग्दी शाखाले ध्यानकर्षण भएको जनाएको छ ।

आफुलाई भौतिक आक्रमण र मानसिक टर्चर दिएको भन्दै जापानको ओसाका कोबे सहरस्थित धौलागिरि दोहोरी साँझका सञ्चालक धन थापा विरुद्ध गायिका श्रीपालले उजुरी दिनुभएको छ ।

Gunasthariya Shiksya

बेनी नगरपालिका– ३ भकिम्लीकी गायिका श्रीपाल गत अगस्ट १३ मा थापाकै स्पोन्सरमा साँगीतिक प्रस्तुतीका लागि जापान पुग्नुभएको थियो । थापाले आफुमाथि भौतिक आक्रमण र मानसिक चर्टर दिएको भन्दै राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान, जापान शाखामा उजुरी दिनुभएको छ ।

Shreekrishna

प्रतिष्ठान म्याग्दीका अध्यक्ष देवेन्द्र घिमिरे र सचिब पदम विश्वकर्माद्धारा विहिवार जारी प्रेस विज्ञप्तीमा अतिथि कलाकारको रुपमा आमन्त्रण गरेर दुव्र्यवहार गर्नु आपत्तीजनक रहेको भन्दै भत्र्सना गरिएको छ । विज्ञप्तीमा घटनाको छानवीन, गायिका श्रीपालको जीउ धनको सुरक्षा र नेपाल फर्कने उचित वातावरण सिर्जना गरिदिन माग गर्दै दोषि माथि कडा कारबाहीको माग समेत गरिएको छ ।

थापाले जापानमा आफु र नेपाल (म्याग्दी)मा रहेको आफ्नो परिवारलाई समेत मार्ने धम्की दिने गरेको हुँदा आफुलार्य मानसिक पीडा, सामाजिक बेइज्जत, सांगीतिक करिअरमा असर पर्नुका साथै चरित्र हत्याको पीडाले अति धेरै पीडित भन्दै श्रीपालले उचित न्याय माग गर्दै प्रतिष्ठान जापान शाखा र मोना जापानमा समेत निवेदन सहित उजुरी गरेकी थिईन् । उक्त निवेदनमा थापाले आफुमाथि भौतिक आक्रमण नै गरेको र आफु आफन्तकोमा आश्रय लिन पुगेको उल्लेख छ ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...