बेनी–जोमसोम सडकको म्याग्दी खण्ड अवरुद्ध

Gandaki Pardesh notice

बेनी । मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडकको म्याग्दी खण्ड चार ठाउँमा अवरुद्ध भएको छ ।

बेनी नगरपालिकाको जलेश्वर, रघुगंगा गाउँपालिकाको बैसरी, अन्नपूर्ण गाउँपाकिलाको नौनीबगर र मुस्ताङको सिमाना काभ्रेभिरमा पहिरो खसेर मुस्ताङसँग सिधा यातायात सम्पर्क बिच्छेद भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय म्याग्दीका प्रमुख इन्द्रबहादुर नेपालीले सडक अवरुद्ध हुँदा म्याग्दी र मुस्ताङको सिधा यातायात सम्पर्क बिच्छेद भएको बताउनुभयो । स्तरोन्नतिको क्रममा रहेको बेनी–जोमसोम सडक ७६ किलोमिटर दुरीको छ ।

Shreekrishna hardwear in news
Bhautik ministry notice about road

सडक अवरुद्ध हुँदा म्याग्दीको रघुगंगा, अन्नपूर्ण गाउँपालिका र मुस्ताङका बासिन्दालाई आवत जावतका साथै स्याउ र आलु निकासी प्रभावित भएको छ । मुस्ताङ भ्रमण, कागबेनीमा सोह् श्राद्धको पिण्डदान तथा मुक्तिनाथ दर्शन गर्न जाने आउने पर्यटक तथा तिर्थयात्रीलाई सास्ती भएको छ ।

बेनी–जोमसोम–कोरला सडक आयोजनाले सडक विभाग र निर्माण कम्पनीका उपकरण परिचालन गरेर सडक मर्मत गरेर खुलाउने प्रयास जारी रहेको जनाएको छ । आयोजनाका सुपरभाइजर इन्द्रसिंह शेरचनले काभ्रेभिर, बैसरी र नैनीबगरमा निरन्तर पहिलो खसेकाले मर्मतमा समस्या भएको बताउनुभयो ।

बैसरीमा बुधबार साँझ पहिरो पन्छाएर खोलिएको सडक पुन अवरुद्ध भएको छ ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...