जापानमा म्याग्देली कलाकारलाई दुरव्यवहार

Gandaki Ghumau

बेनी, । सांस्कृतिक कार्यक्रमको शिलशिलामा जापानमा रहेकी म्याग्दीकी कलाकार अमृता सिर्पालीले आफुलाई दुरव्यवहार गर्ने विरुद्ध उजुरी गर्नुभएको छ ।

बेनी नगरपालिका–३ की सिर्पालीले जापानको धौलागिरी दोहोरी साँझका सञ्चालक धन थापा विरुद्ध लोकदोहोरी प्रतिष्ठान जापान शाखामा बुधबार लिखित उजुरी गर्नुभएको हो ।

सिर्पालीले आफुलाई स्पोन्सर गरेर जापान बोलाएका थापाले गलत नजरले हेर्न, विभिन्न कार्यक्रममा सहभागी भएवापत कमिसन माग्ने र अनावश्यक टर्चर दिएको आरोप लगाउनु भएको छ ।

Shreekrishna
Gunasthariya Shiksya

‘मलाई विभिन्न किसिमको धम्की आउने गरेको छ । चरित्रमाथि नै प्रश्न उठाउने, भौतिक रुपमै आक्रमण गरेपछि अहिले असुरक्षित भएको छु’ सिर्पालीले भन्नुभयो ‘सामाजिक प्रतिष्ठा, सांगितिक क्षेत्रमै असर गर्ने, ब्यक्तिगत चाहना पूरा नहुदाँ भौतिक रुपमै आक्रमण गरेपछि ओशाकाको एक घरमा शरण लिएर बसेको छु ।’

गायिका सिर्पालीको भकिम्लीमा रहेका बुबाआमालाई समेत फोन गरी अनावश्यक टर्चर दिने गरेको गुनासो गर्नुभएको छ । ‘मेरो दुई महिनाको भिषा अझै छ । कुनैपनि बेला जेपनि गर्नसक्छु भन्दै धम्की दिएको छ । असुरक्षित महशुस गरेकी छु,’ सिर्पालीले भन्नुभयो ।

गायिका सिर्पालीमाथी भएको दुरव्यवहारको विषयमा छानवीन गर्न म्याग्दी प्रवासी नेपाली संघ जापानले माग गरेको छ । मोना जापानका अध्यक्ष सचिन श्रेष्ठ र महासचिव गणेश श्रेष्ठले बुधबार विज्ञप्ति जारी गरेर दोषी उपर कारबाही र गायिका सिर्पालीको सुरक्षा व्यवस्था मिलाउन माग गर्नुभएको छ ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...