अखिल नेपाल किसान महासंघ क्रान्तिकारी केन्द्र गठन

Sinchai Khanipani notice

बेनी। म्याग्दीमा नेकपा माओवादी केन्द्र निकट अखिल नेपाल किसान महासंघ क्रान्तिकारी केन्द्रको तदर्थ समिति गठन भएको छ ।

बेनीमा बुधबार भएको कृषकहरुको भेलाले बेनपा–५ का गोर्खबहादुर सार्कीको संयोजकतवमा १३ सदस्यीय जिल्ला सम्मेलन आयोजक समिति चयन गरेको हो । भेलाले जिल्ला इञ्चार्जमा यादव सुवेदीलाई चयन गर्न केन्द्रिय समितिलाई सिफारिस गरेको छ ।

Bhautik ministry notice about road

समितिका सदस्यहरुमा रामबहादुर केसी, सईबहादुर गर्बुजा, लोकबहादुर पाईजा, ओमकार रोका, मोहनलाल सापकोटा, लक्षिनबहादुर मल्ल, तेजबहादुर बानिया, शान्ति किसान, लालबहादुर सुवेदी, हर्कविर थापा, अस्तमान घर्ति र गोविन्द परियार चयन हुनुभएको छ ।

Shreekrishna hardwear in news

संगठनको राष्ट्रिय सम्मेलनका लागि इञ्चार्जमा प्रस्ताव हुनुभएका सुवेदी र संयोजक सार्कीलाई प्रतिनिधी तथा पर्यवेक्षकको रुपमा चयन गरिएको छ । महासंघका नेता ऋषि भुषालले संगठनका गतिबिधी, नीति र योजनाका बारेमा प्रशिक्षण दिनुभएको थियो ।

भेलामा नेकपा माओवादी केन्द्रका जिल्ला इञ्चार्ज गोविन्द पौडेल, गण्डकी प्रदेश सांसद तथा माओवादीका प्रदेश सदस्य विनोद केसी लगायतले म्याग्दीका कृषकहरुको समस्या पहिचान र समाधानका लागि कृषकलाई संगठित गर्दै अघि बढ्न निर्देशन दिनुभयो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...