बाल अधिकार दिवसका अवसरमा खेलकुद र शैक्षिक सामग्री वितरण

Gandaki Pardesh notice

बेनी, । बेनी नगरपालिकाले ५८ औ बालअधिकार दिवसको अवसरमा बुधबार स्रोत कक्षाका विद्यार्थीहरुलाई खेलकुद र शैक्षिक सामग्री वितरण गरेको छ ।

Bhautik ministry notice about road

बेनी नगरपालिका–४ को धवलागिरी माविको बहिरा र वडा नम्बर ५ बगुवाखोलाको बालजागृति आधारभूत विद्यालयका वौद्धिक अपाङ्गता स्रोत कक्षामा सामग्री वितरण गरिएको हो । बहिरा स्रोत कक्षाका ११ जनालाई खेलकुद र वौद्धिक अपाङ्गता स्रोत कक्षाका १८ जनालाई झोला र स्टेशनरी सामग्री वितरण गरिएको थियो ।

नगर उपप्रमुख ज्योती लामिछाने पौडेल, प्रमुख प्रशासकीय अधिकृत धोलकराज ढकाल, नगर कार्यपालिकाको सामाजिक विकास समितिका संयोजक चक्र केसी, वडा नम्बर ४ का अध्यक्ष अणबहादुर खड्का (भगवान) लगायतले वितरण गर्नुभएको थियो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...