वेष्ट पोइन्ट राष्ट्रिय भिडियो प्रतियोगितामा द्वितीय

Add Samajik bikash office

बेनी, । बेनीको न्यु वेष्ट पोइन्ट आवासीय विद्यालयले राष्ट्रिय स्तरको भिडियो प्रतियोगितामा दोस्रो पुरस्कार जितेको छ ।
राष्ट्रिय बाल दिवस–२७९ को अवसरमा महिला बाल बालिका तथा जेष्ठ नागरिक मन्त्रालय राष्ट्रिय बाल अधिकार परिषदले आयोजना गरेको “बाल अधिकार प्रर्वद्धनमा अभिभावकको भूमिका“ विषयक २ मिनेटको भिडियो प्रतियोगितामा वेष्ट पोइन्ट दोश्रो भएको हो ।
देशभरबाट प्राप्त भएका भिडियोलाई छनोटगर्दै राष्ट्रिय बाल दिवसको अवसरमा बुधबार काठमाडौमा महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री उमा रेग्मी, मन्त्रालयका सचिव डिल्लीराम शर्मा र परिषद्का सदस्य सचिव इन्द्रादेवी ढकालले पुरस्कार वितरण गर्नुभएको थियो ।
भिडियोको कथा लेखन गरेका दिक्षित जिसीलाई काठमाडौँको राष्ट्रिय सभा गृहमा आयोजित कार्यक्रममा नगद रु. २० हजार र प्रमाणपत्र प्रदान गरिएको थियो ।
उक्त भिडियोमा, अभिनय नरदेबी भण्डारी (कक्षा ९), बिशाल रिजाल (कक्षा १०), अनिश भण्डारी (कक्षा ८), बिबेक आचार्य (कक्षा ९) सन्दर्भ आचार्य (कक्षा १० ) र दीक्षित जिसी (कक्षा १०) ले अभिनय गरेको विद्यालयले जनाएको छ ।

Gandaki dadelo notice
प्रतिक्रिया दिनुहोस
Loading...