हेम नमुना आवासीय माविमा रु. दुई लाख ३५ हजारको अक्षयकोष स्थापना

Gandaki Ghumau

बेनी । म्याग्दीको धवलागिरी गाउँपालिका–७ शिवाङमा रहेको हेम नमुना आवासीय माध्यमिक विद्यालयमा स्थानीय एक व्यक्तिले दिवंगत श्रीमतिको नाममा अक्षयकोष स्थापना गर्नुभएको छ ।

विद्यालय व्यवस्थापन समितिका पुर्व अध्यक्ष जीतबहादुर फगामीले दिवंगत श्रीमति टीकामायाको स्मृतिमा रु. दुई लाख ३५ हजार राशीको अक्षयकोष स्थापना गर्नुभएको हो । विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धि तथा अति विपन्न अनाथ बालबालिकाहरुको पठनपाठनमा सघाउने उद्देश्यले टिकामाया स्मृति अक्षयकोष स्थापना गर्नुभएको प्रधानाध्यापक शेरबहादुर केसीले जानकारी दिनुभयो ।

“उहाँ (जितबहादुर) सहित तीन जनाले पछिललो एक वर्षमा विद्यालयमा अक्षयकोष स्थापना गर्नुभएको छ,” प्रअ केसीले भन्नुभयो “विद्यालयमा नमुना विद्यालय सञ्चालन र शैक्षिक सुधारमा परिचालनका लागि अक्षयकोष स्थापना गरिएको हो ।”

Shreekrishna
Gunasthariya Shiksya

प्रअ केसीका अनुसार पुर्व शिक्षक गोरखनाथ पौडेलले दिंवगत बुवा आमाको नाममा रु. एक लाख २० हजारको करुणाराज–जानकी–रितेश्वरी स्मृति अक्षयकोष स्थापना गर्नुभएको छ । पुर्व शिक्षक स्वर्गीय लक्ष्मीनिधी सुवेदीका परिवारले रु. ४० हजारको लक्ष्मीनिधी अक्षयकोष स्थापना गर्नुभएको छ । रु. दश हजार राशीको प्रेम स्मृति अक्षयकोष स्थापना भएको छ । विभिन्न दाताहरुले हालसम्म रु. चार लाख पाँच हजारको अक्षयकोष स्थापना गर्नुभएको छ ।

कक्षा १२ सम्मको पठनपाठन हुने विद्यालयमा २७१ जना विद्यार्थी छन् । एक जना बालशिक्षा सहयोगी कार्यकर्ता र एक जना कम्प्युटर शिक्षक निजी स्रोतका छन् । दुई वर्षअघिदेखि आवासीय विद्यालय सञ्चालन भएको छ । ३० जना विद्यार्थीले आवासीय सुविधा पाएका छन् । आवासीय विद्यालय सञ्चालन गर्न तीन जना कर्मचारी व्यवस्थापन गरिएको छ ।

घरदेखी विद्यालय टाढा भएका र अनाथ बालबालिकाहरुलाई निशूल्क छात्रावासको सुविधा दिइएको हो । गण्डकी प्रदेश सरकारको अवधारणा अनुसार धवलागिरी गाउँपालिकाको आर्थिक सहयोगमा आवासीय विद्यालय सञ्चालन गरिएको हो ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...