रुमखोला लघुजलविद्युत परियोजना मर्मत पछि सञ्चालन

Sinchai Khanipani notice

बेनी । म्याग्दीको मालिका गाउँपालिकामा रहेको ५१ किलोवाट क्षमताको रुमखोला जलविद्युत परियोजना मर्मत गरेर करिब डेढ महिनापछि सञ्चालन गरिएको हो ।

मालिका गाउँपालिका वडा नम्बर १ को भूगोलमा नहर र विद्युतगृह रहेको परियोजनाको नहर भासिएपछि गत साउन १७ गतेदेखि विद्युत उत्पादन बन्द भएको थियो । परियोजनाका प्रबन्धक भिमबिक्रम मल्लले मालिका गाउँपालिकाको सहयोग र उपभोक्ताको श्रमदानमा नहर भासिएको ठाउँमा पाइप राखेर मर्मत गरिएको बताउनुभयो ।

Bhautik ministry notice about road

गाउँपालिकाले ३१५ एमएम क्षमताको १३८ मिटर पाइप उपलब्ध गराएको थियो । परियोजनासँग रहेको १२ मिटर पाइपलाई दुईलाइनमा जोडेर ७५ मिटर दुरिमा पानी तारिएपछि मंगलबारदेखि विद्युत उत्पादन थालिएको प्रबन्धक मल्लले बताउनुभयो ।

Shreekrishna hardwear in news

जमिन भासिएपछि नहर पुल जस्तै बनेर जुनसुकै बेला भत्किएर थप क्षतिको जोखिम भएकाले त्यसलाई भत्काएर पाइप राखिएको हो । वि.स. २०६६ देखि नियमित विद्युत उत्पादन गर्दै आएको परियोजनाबाट मालिका गाउँपालिकाको दरवाङ, थापाचौर, बतासे, फुलबारी, गरजरा, महभिर, अदिभारा, डाडागाउँ, औल, कोदालीवाङ र खहरेका ८५५ घरधुरी विद्युत उपभोक्ता छन् ।

केन्द्रिय लाइन नजोडेका ७३५ घरमा परियोजनाको विजुली उपभोग गर्छन् । केन्द्रिय लाइनको विद्युत पुगेपनि लघुजलविद्युत परियोजनालाई विद्युत आपुर्तिको वैकल्पिक माध्यम बनाएका छन् । मालिका गाउँपालिकाको करिब रु. चार लाख अनुदान सहयोगमा गत असार अन्तिम साता परियोजनाको मुहान मर्मत गरिएको थियो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...