विकासका लागि नेतृत्व परिवर्तनः राप्रपा अध्यक्ष लिङ्देन

Gandaki Pardesh notice

बेनी । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनले देश विकासका लागि राजनीतिक नेतृत्व परिवर्तन हुनुपर्ने बताउनुभएको छ ।

राप्रपाले मंगलबार बेनीमा आयोजना गरेको आमसभालाई सम्बोधन गर्दै लिङ्देनले नेपालको अवस्था र व्यवस्थामा परिवर्तन गर्न नेतृत्व हस्तान्तरण र परिवर्तन प्रमुख राजनीतिक मुद्दा बनाउनुपर्ने बताउनुभयो ।

“धेरै पटक अवसर पाइसकेका र परिक्षण भइसकेका नेतृत्वबाट देशको समस्या समाधानको सम्भावना छैन,” उहाँले भन्नुभयो “पुराना नेतृत्वसँग सुध्रने र सक्किने मात्र विकल्प बाँकी छ । असफल नेतृत्वलाई अवसर दिदाँ नागरिकले दुःख पाएका हुन् ।”

Shreekrishna hardwear in news

राप्रपाको पछिल्लो महाधिवेशनबाट नेतृत्व हस्तान्तरणको थिती बसाएको बताउदै लिङ्देनले गत स्थानीय तह चुनावमा धरान र काठमाडौका नागरिकले ठूला दलको विकल्प रोजेर सच्चिने सन्देश दिएका बताउनुभयो ।

भ्रष्ट्राचार गर्नुलाई आमाको रगत पिउनु सरहको पाप सम्झेर सपथ लिएको बताउदै राप्रपा अध्यक्ष लिङ्देलले भ्रष्ट्राचार विरुद्ध चट्टानी हिसाबले प्रस्तुत हुने प्रतिवद्धता दोहो¥याउनुभयो । देशको राजनीतिक नेतृत्वको असक्षमताका कारण मँहगी, भ्रष्ट्राचार, ऋण, बेरोजगारीको समस्या बढेको उहाँको भनाई थियो ।

Bhautik ministry notice about road

लिङ्देनले संबिधान, नीति, कानुन निर्माण देखि गठबन्धन, सरकार बनाउन विदेशी शक्ति राष्ट्रले हस्तक्षेप गरेको बताउनुभयो । “आन्तरिक एकता बलीयो नभएका कारण नेपाल शक्ति राष्ट्रहरुको रणनीतिक प्रतिस्पर्धा स्थल जस्तो बनेको छ,” उहाँले भन्नुभयो “नेतृत्वको असक्षमताका कारण यहाँको निर्णय गर्ने शक्ति विदेशीको हातमा पुगेको हो ।”

‘‘मुलुकमा भष्टाचार र अनियमितता मौलाउँदो छ, यसमा ठूला पार्टीका नेता र सरकार सञ्चालनमा गएकाहरु समेत संलग्न छन्, त्यसैले उनीहरुबाट मुलुकमा विकास र समृद्धि सम्भव छैन, राप्रपाले भष्टाचारलाई अपराध मानेको छ, यस पटक मुलुककै नेतृत्व गर्ने अभिमतको लागि आम नागरिकबाट सकरात्मक सहयोगको अपेक्षा गरेका छौँ’’ उहाँले भन्नुभयो “एक पटक र यसै पटक राप्रपालाई मतदान गरि मुलुकलाई संकटबाट बचाउने कार्यमा लाग्न समेत आह्वान गर्छु ।”

युवाशक्तिलाई वैदेशिक रोजगारमा पठाएर रेमिट्यान्सबाट मुलुक सञ्चालन गर्ने र मुलुकको आर्थिक घाटा बढाएर आर्थिक रुपमा कमजोर बनाउने काममा राज्यको नेतृत्वमा पुगेका नेता र दलहरु सक्रिय रहेको बताउँदै उहाँले मुलुकलाई सहि मार्गमा अघि बढाउन नागरिकले समेत सहि व्यक्ति र पार्टीलाई मतदान गर्नुपर्ने उहाँको भनाई छ । जनता निर्वाचनको मतदानको दिन मालिक हुने भन्दै पटक पटक सोचेर आफ्नो मतको सहि सदुपयोग हुने निक्यौल गरेर मात्रै मतदान गर्नु उहाँले आग्रह गर्नुभयो ।

तीन दशक सम्म पटक पटक अवसर पाउँदा समेत मुलुक बनाउन नसक्ने र असफल भएका व्यक्तिहरुलाई मतदान गरि बर्षौसम्म पछुताउन नहुने उहाँको भनाई थियो । कार्यक्रममा राप्रपाका नेता भिमप्रसाद गौचन, जगतप्रसाद गौचन लगायतले पूर्ण समानुपातिक निर्वाचन प्रणाली र प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री सहितको व्यवस्था, पहिचानका लागि धार्मिक स्वतन्त्रता सहितको हिन्दु राष्ट्र घोषणा गर्नुपर्ने बताउनुभयो ।

सभामा जिविस म्याग्दीका पुर्व सभापति चक्रपाणी आचार्य, विश्व हिन्दु महासंघका उपाध्यक्ष डण्डपाणी पौडेल लगायत १०० जना भन्दा बढी राप्रपामा प्रवेश गरेका राप्रपाका जिल्ला सहसचिव देवेन्द्र घिमिरेले बताउनुभयो ।

राप्रपा म्याग्दीका अध्यक्ष बिरबहादुर थापा क्षेत्रीको अध्यक्षता, सचिव हरिप्रसाद शर्माको सञ्चालन र उपाध्यक्ष जगनारायण गौचनको स्वागत मन्तब्यमा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा राप्रपाका गण्डकी प्रदेश अध्यक्ष पंचमान गुरुङ, केन्द्रिय सदस्य दिलविकास राजभण्डारी, गण्डकी प्रदेश सचिव बरुणबिक्रम राणा लगायतले मन्तब्य व्यक्त गर्नुभएको थियो । बेनी नगरपालिका अगाडीबाट शुरु भएको ¥याली बजार परिक्रमा गरेर खुल्ला मञ्चमा पुगेर आमसभामा परिणत भएको थियो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...