मालिकाको मगरदाङमा केन्द्रिय लाइनको बिजुली बल्यो

Gandaki Ghumau

बेनी, म्याग्दीको मालिका –५ मगरदाङका ४१५ घरधुरीमा केन्द्रिय प्रशारण लाइनको बिजुली बलेको छ ।

नेपाल सरकारको ग्रामिण विद्युतीकरण कार्यक्रम मार्फत मगरदाङ, आशाटोल र डाडागाउँमा विजुली बलेको हो ।

नेपाल विद्युत प्राधिकरणको म्याग्दी वितरण केन्द्रका प्रमुख प्रशान्त झाले २०० केभीए क्षमताको ट्रान्सफर्मर जडान गरेर विद्युत वितरण गरिएको जानकारी दिए ।

Shreekrishna

‘मुख्य, शाखा लाइन, ट्रान्सफर्मर लगायतका संरचना निर्माण तथा जडान गरेर भदौ २५ गतेदेखि विद्युत वितरण थालिएको छ,’ उनले भने ‘मगरदाङमा विद्युत विस्तार गर्न संघीय सरकारको करिब दुई करोड ४९ लाख ९३ हजार रुपैयाँ लगानी भएको छ ।”

प्राधिकरणका कर्मचारी, वडाका जनप्रतिनिधी र अगुवाहरुको उपस्थितिमा शनिबार विजुली वितरण गरिएको थियो ।

मगरदाङका बासिन्दा उज्यालोका लागि लघुजलविद्युत परियोजनामा निर्भर थिए । वि.स. २०७७ मा दाङखोलामा आएको बाढीले २५ किलोवाट क्षमताको मगरदाङ–डाडागाउ–आशाटोल लघुजलविद्युत परियोजनाको विद्युतगृह, नहर र जेनेरेटरमा क्षति पुगेको थियो ।

Gunasthariya Shiksya

लघुजलविद्युत परियोजनाको विद्युत नियमित नहुँदा सौर्य उर्जा र टुकीमा निर्भर हुनुपरेको थियो । मालिका गाउँपालिका–५ का वडा अध्यक्ष मिम पुनले केन्द्रिय प्रशारण लाइनको विद्युत सुविधा विस्तार भएपछि घरायसी काम, विद्यार्थीलाई पढ्न र उद्योग व्यवसाय सञ्चालन गर्न सहज भएको बताए ।

‘यस वडाको गर्जरा, रुन्मामा यसअघिनै विद्युतीकरण भएको थियो,’ उनले भने ‘घरथोक, पन्थोक, जुग्जा र छुटेका वस्तिमा चालु आर्थिक वर्षभित्रमा विद्युती सुविधा विस्तार गर्ने तयारी भएको छ ।’

विद्युत सुविधासँगै फर्निचर, पाउरोटी उद्योग, विद्यालयमा कम्प्युटर विषयको पठनपाठन, वडा र अन्य कार्यालयको प्रशासनिक काम सहज भएको छ । विजुली बलेपछि मगरदाङवासीमा खुसीयाली छाएको छ ।

नेपाल बिद्युत प्राधिकरण म्याग्दी बितरण केन्द्र अन्तरगत २१ हजार घरमा विद्युत सुविधा विस्तार भएको छ । केन्द्रका प्राबिधिक प्रमुख शिवराज पौडेलले गत आर्थिक वर्षमा थप ११ किलोमिटर ११ केभी र ४००÷२०० भोल्टेजको ९५ किलोमिटर शाखा लाइन बिस्तार भएको बताए ।

चालु आर्थिक वर्षमा मालिकाको रुम, स्याउलुङ, औल, रघुगंगाको पात्लेखर्क, धवलागिरीको मराङ, अन्नपूर्णको दोवामा छुटेका बस्तीमा लाइन विस्तार र विद्युत आपुर्ति सुधार गर्न नयाँ ट्रान्सफर्मर राख्ने योजना छ ।

पर्वतको जलजला गाउँपालिकाको मल्लाज, वारीबेनी क्षेत्रमा पनि म्याग्दी बितरण केन्द्र अन्तरगतको मिलनचोक सबस्टेशन मार्फत बिद्युत बितरण हुदै आएको छ ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...