प्रेस सेन्टर गण्डकी प्रदेशको पत्रकारिता पुरस्कार अक्षयकोष स्थापना

Sinchai Khanipani notice

बेनी, प्रेस सेन्टर नेपाल गण्डकी प्रदेश समितिले पत्रकारिता पुरस्कारका लागि अक्षयकोष स्थापना गरेको छ ।

प्रदेश राजधानी पोखरामा शनिबार सम्पन्न सेन्टरको तेस्रो पूर्ण बैठकले रु. एक लाख राशीको अक्षयकोष स्थापना गरेको हो । प्रेस सेन्टरका गण्डकी प्रदेश अध्यक्ष अर्जुन काफ्लेले अग्रज र क्रियाशिल पत्रकारलाई पुरस्कृत गर्नका लागि अक्षयकोष स्थापना गरिएको जानकारी दिनुभयो ।

“संगठनमा आवद्ध सदस्यहरुबाट आर्थिक स्रोत जुटाएर स्थापना गरेको कोषको रकम बढाउछौ,” उहाँले भन्नुभयो “कार्यबिधी बनाएर कोषको ब्याजबाट वार्षिक रुपमा गण्डकी प्रदेशका अग्रज र क्रियाशिल पत्रकारलाई पुरस्कृत गर्न लागिएको हो ।”

Shreekrishna hardwear in news
Bhautik ministry notice about road

आगामी बैठकमा कोष र पुरस्कारको नाम तय गरिने अध्यक्ष काफ्लेले बताउनुभयो । बैठकले प्रतिनिधीसभामा पेश भएको नेपाल मिडिया काउन्सिल सम्बन्धी कानून सम्बन्धी विधेयकमा प्रचलित राष्ट्रिय, अन्तराष्ट्रिय मान्यता अनुसार मिडिया नियमन गर्ने निकायलाई स्वतन्त्र र स्वायत्त बनाउने व्यवस्था गर्न ध्यानाकर्षण गराएको छ ।

यसैगरी पत्रकारिता पेशाबाट पलायन रोक्न र स्थानीय सञ्चार माध्यमहरुको प्रर्वद्धनका लागि स्थानीय तहहरुलाई कार्यबिधी बनाएर लोककल्याणकारी विज्ञापन उपलब्ध गराउने व्यवस्था गर्न तथा सञ्चार माध्यमहरुले नियुक्तीपत्र बिनै काम गराउने, तोकिएको पारिश्रमिक उपलब्ध नगराउने, निष्काशन गर्ने जस्ता समस्या समाधानका लागि पहल गर्ने निर्णय गरेको छ ।
बैठकमा नेकपा माओवादी केन्द्रका केन्द्रिय सचिव तथा शिक्षा, विज्ञान तथा प्रविधी मन्त्री देवेन्द्र पौडेलले माओवादीले ल्याएको प्रणालीमा अरूले रजाई गरेकाले समस्या भएको बताउनुभयो ।

माओवादी केन्द्रका गण्डकी प्रदेश इञ्चार्ज तथा केन्द्रिय सचिव हितराज पाण्डेले माओवादी आन्दोलनका कारण प्राप्त गणतन्त्र, संघीयता, समावेशी व्यवस्थाको संस्थागत गर्न माओवादीकै नेतृत्व आवश्यक रहेको बताउनुभयो ।

प्रेस सेन्टर नेपालका अध्यक्ष बिष्णु सापकोटा, वरिष्ठ उपाध्यक्ष कमल गिरी, उपाध्यक्षहरू शुरेशचन्द्र अधिकारी, निर्मल ज्ञवाली, लक्ष्मण खड्का, त्रिभुवन पौडेलले पत्रकारहरुको व्यवसायिक क्षमता अभिवृद्धि र प्रविधिको प्रयोगमा दक्षतामा जोड दिनुभयो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...