दिदिबहिनी सहकारीमा नयाँ नेतृत्व

Gandaki Pardesh notice

बेनी, । बेनीको दिदीबहिनी बचत तथा क्रृण सहकारी संस्था लिमिटेडको शनिबार भएको ११ औ साधारणसभाबाट विष्णु गौतम सापकोटाको अध्यक्षतामा नयाँ सञ्चालक समिति गठन भएको छ ।

समितिको उपाध्यक्षमा सुगम श्रेष्ठ, सचिवमा जगत कुमारी खत्री, कोषाध्यक्षमा अम्विका श्रेष्ठ, सह – सचिवमा कमला जिसी चयन हुनुभएको छ । कार्यसमिति सदस्यहरुमा जयन्ती रेग्मी सुवेदी, रजनी कर्माचार्य, अञ्जना हमाल केसी, अम्विका ढुङ्गाना, अनुषा श्रेष्ठ, पुष्पा थापा र रञ्जिता भट्टचन चयन हुनुभएको छ ।

Bhautik ministry notice about road

सारदा शर्माको संयोजकत्वमा लक्ष्मी भण्डारी कार्की र मेघा रिजाल सदस्य रहेको लेखा समिति गठन भएको छ । त्यस्तै पूर्व अध्यक्ष जमुना आचार्य, निर्वतमान अध्यक्ष ज्योति लामिछाने पौडेल र शर्मिला जोशी श्रेष्ठलाई सल्लाहकारमा चयन गरिएको छ ।

Shreekrishna hardwear in news

वि.स. २०६८ सालमा ११५ जना शेयर सदस्यबाट सुरु भएको सहकारीमा हाल ८४३ जना शेयर सदस्यहरु रहेका छन । महिलाहरुलाई उद्यम गरि आत्मनिर्भर बनाउन सहकारीले सहुलियत दरमा क्रृण प्रवाह गर्दै आएको छ । मुठ्ठिदान कार्यक्रम मार्फत सहकारीका सञ्चालक र सेयर सदस्यहरुले विपद्, अशक्त, अशाहयहरुलाई सघाउदै आएको छ ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...