ब्याडमिन्टन संघमा कार्की

Gandaki Pardesh notice

बेनी । ब्याडमिन्टन संघ म्याग्दीका शनिबार बेनीमा भएको अधिवेशनबाट हिमालय कार्कीको अध्यक्षतामा २१ सदस्यीय कार्यसमिति चयन भएको छ ।

समितिको प्रथम उपाध्यक्षमा कुलदिप जुग्जाली, द्धितिय उपाध्यक्ष राज जुग्जाली, सचिवमा बिक्रम सुबेदी, सह–सचिवमा भरत थापा, कोषाध्यक्ष टिकप्रसाद पुर्जा र सहकोषाध्यक्षमा सोमा बुढामगर चयन हुनुभएको छ ।

खड्क केसी, अमित बानियाँ, सन्दिप अधिकारी, सुरेन्द्र हमाल, निरज भण्डारी, भुपेन्द्र कार्की, भुवन बुढाथोकी, सुरेन्द्र अधिकारी, मदन मल्ल, हरीदेवि गौचन, रश्मिन राना, रोमन्त बानियाँ, अशोकुमार शाही र विजय शेरमजा सदस्यमा चयन हुनुभएको छ ।

Shreekrishna hardwear in news
Bhautik ministry notice about road

म्याग्दीका ब्याडमिन्टन खेलाडीहरुले पछिल्लो समय विभिन्न प्रतियोगितामा सहभागी जनाएर पदक जित्दै आएका छन् । संस्थाको संस्थागत विकासका लागि नवनिर्वाचित कार्यसमितिका पदाधीकारीले आर्थिक सहयोग गरेका छन् ।

अध्यक्ष कार्कीले रु. ५ हजार, प्रथम उपाध्यक्ष जुग्जालीले रु. १० हजार, द्धितिय उपाध्यक्ष जुग्जालीले रु. ५ हजार आर्थिक सहयोग गर्नुभएको छ । संघले दशैंतिहारको अवसरमा धौलागिरी स्तरीय बि लेबल डवल र सिंगल ब्याडमिन्टन प्रतियोगिता आयोजना गर्ने जनाएको छ । ब्याडमिन्टन स्वस्थ रहन र शरीरलाई फिट तथा दुरुस्त राख्नका लागि मानिसहरू अनेकौं उपाय अपनाउने गर्छन् ।

जस्तै खानामा मुख बार्ने, जिम जाने, योगा गर्ने आदि । स्वस्थ आहार खाएर मात्र हामी निरोगीका लागि समेत दैनिक एक घण्टा ब्याडमिन्टन खेल्दा शरीरबाट ४ सय ५० देखि ५ सय क्यालोरीसम्म बोसो नष्ट हुने हुँदा एक महिनामा करिब चार किलो तौल घट्ने एक अध्यायनले देखाएको छ । ब्याडमिन्टन खेल्दा शरीरका मांसपेशीहरू बलियो हुने, हड्डीहरूलाई मजबुत बनाउने, मेटाबोलिजम बढाउने, मुटु, मिर्गौला तथा कलेजोजस्तो शरीरका महत्वपूर्ण अंगहरू स्वस्थ राख्न सहयोग गर्छ ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...