राप्रपा अध्यक्ष लिङ्देल बेनीमा आउने

Gandaki Pardesh notice

बेनी, । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेल बेनीमा आउनुहुने भएको छ ।

Bhautik ministry notice about road

भदौ २८ गते बेनीको खुल्ला मञ्चमा राप्रपा म्याग्दीले आयोजना गरेको जनसभालाई सम्बोधन गर्न लिङदेल आउन लाग्नुभएको हो । राप्रपा म्याग्दीका जिल्ला सहसचिव तथा बेनी नगर अध्यक्ष देवेन्द्र घिमिरे (क्षेत्री)ले आमसभाको तयारीका लागि प्रचारप्रसार तिब्र बनाइएको बताउनुभयो ।

नेपाललाई हिन्दुराष्ट्र घोषणा गर्नुपर्ने मुख्य राजनीतिक मुद्दा बोकेको राप्रपाले पछिल्लो समय देशब्यापी संगठन विस्तारलाई तिब्रता दिएको छ । पछिल्लो महाधिवेशनबाट केन्द्रिय अध्यक्ष निर्वाचित लिङदेल देश दौदाहका क्रममा म्याग्दी आउन लाग्नुभएको हो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...