माओवादीले मंगलामा संगठन सुदृढीकरण अभियान चलाउने

Gandaki Ghumau

बेनी, । नेकपा माओवादी केन्द्रले मंगला गाउँपालिकामा संगठन सुदृढीकरण अभियान चलाउने भएको छ ।

बाबियाचौरमा बिहिबार सम्पन्न गाउँपालिका कमिटिको बैठकले वर्तमान राजनीतिक परिवेशको बारेमा कार्यकर्तालाई जानकारी गराउने, पार्टीले गरेका कामको प्रचार र संगठन सुदृढिकरणका लागि वडा तहमा प्रशिक्षण सहितको अभियान चलाउने निर्णय गरेको जानकारी दिनुभयो ।

माओवादीका मंगलाका सचिव पृथीलाल बिकले पाँच वटै वडामा बैठक, प्रशिक्षण अभियान सञ्चालन गर्न कार्यक्रम तय भएको जानकारी दिनुभयो । बैठकमा माओवादी केन्द्रका जिल्ला समन्वय समिति संयोजक रेशम जुग्जाली (सुविन)ले माओवादी आन्दोलनका कारण प्राप्त भएको गणतन्त्र, संघीयता, समावेशी लगायत व्यवस्थाको फाइदाका बारेमा प्रचारप्रसार गर्नुपर्ने बताउनुभयो ।

Shreekrishna
Gunasthariya Shiksya

प्रतिगामी शक्तिलाई पराष्ट गर्न गठबन्धनका दलहरुबीच विश्वास कायम गर्दै चुनावी तयारीमा लाग्न कार्यकर्तालाई निर्देशन दिनुभयो । माओवादीको विशेष प्रदेश समिति सदस्य अर्जुन थापा र गण्डकी प्रदेश सदस्य तथा मंगला गाउँपालिका इञ्चार्ज चन्द्रप्रसाद बुढाथोकीले माओवादी सरकारको नेतृत्वमा हुदा सामाजिक सुरक्षा भत्ता बढाएको, लोडसेडिङ हटाएको र विद्युत महशुल दर घटाएको जस्ता सकारात्मक कामको प्रचार गर्नुपर्ने बताउनुभयो ।

आगामी प्रतिनिधी र प्रदेशसभा सदस्य निर्वाचनका लागि प्रदेशसभा क्षेत्र (ख)को उमेद्वारको आकाक्षी रहेका जुग्जाली, थापा र बुढाथोकीले जसले टिकट पाएपनि सघाउने, पार्टीलाई जिताउने प्रतिवद्धता जनाउनुभयो । माओवादी मंगलाका अध्यक्ष यामबहादुर रोकाको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश सदस्य तथा सहइञ्चार्ज सविना अधिकारी, जेष्ठ कम्युनिष्ट मञ्चका केन्द्रिय सदस्य यामकुमारी पुन, प्रदेश सल्लाहकार भिमबहादुर बानिया, खडकबहादुर पुर्जा लगायतको पनि उपस्थिति थियो ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...