हवल्दार पौडेललाई साउन महिनाको उत्कृष्ट प्रहरी सम्मान

Gandaki Pardesh notice

बेनी । बेनी नगरपालिका–१ को रत्नेचौर प्रहरी बिटका हवल्दार बिष्णु पौडेललाई २०७९ महिनाको उत्कृष्ट प्रहरी घोषणा गरिएको छ ।

Bhautik ministry notice about road

जिल्ला प्रहरी कार्यालय म्याग्दीले हरेक महिना प्रहरी इकाईका उत्कृष्ट प्रहरी कर्मचारी पहिचान गरेर पुरस्कृत गर्न थालेको छ । यसै क्रममा २०७९ साउन महिनाको वेष्ट पुलिस अफ द मन्थ पौडेलाई घोषणा गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरी नायव उपरीक्षक तिलक भारतीले पौडेललाई प्रशसापत्र सहित सम्मान गर्नुभएको हो ।

शान्ति सुरक्षा कायम गर्नुका साथै नाबालकलाई अप्राकृतिक मैथुन गरेको भन्ने सूचना प्राप्त हुना साथ तत्काल परिचालन भई घटनास्थलमा नै पिडितलाई उद्दार र पिडकलाई नियन्त्रणमा लिन सफल भई अनुसन्धान कार्यमा उल्लेखनीय भूमिका निर्वाह गरेको र ज्यान सम्बन्धी कसूरका अभियुक्तलाई पक्राउ गरेको हुँदा पौडेललाई वेष्ट पुलिस अफ द मन्थ घोषणा गरिएको हो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...