जसले बाटोमा भेटाएको सुनको सिक्री सम्बन्धित व्यक्तिलाई बुझाउनुभयो

Gandaki Pardesh notice

बेनी, । बेनीमा सोमबार एक युवतिले बाटोमा भेटाएको सुनको सिक्री प्रहरी मार्फत सम्बन्धित व्यक्तिलाई बुझाउनुभएको छ ।

रघुगंगा गाउँपालिका–२ की २३ वर्षीया साधना केसीले सोमबार बिहान ६ बजेतिर बेनी नगरपालिका–८ मा रहेको गणेश मन्दिर क्षेत्रको सडकमा एक तोलाको सुनको सिक्री भेटाउनुभएको थियो ।

Bhautik ministry notice about road

केसीले भेटाएको सिक्री जिल्ला प्रहरी कार्यालयमा बुझाउनुभयो । पर्वतको जलजला गाउँपालिका–२ मल्लाजका २४ वर्षीय सागर अधिकारीले प्रमाण सहित हराएको सुनको सिक्री दावी गरेर दिउँसो प्रहरी कार्यालयमा आउनुभएको थियो ।

Shreekrishna hardwear in news

सो सिक्री अधिकारीको भएको पुष्टि भएपछि केसीले प्रहरी अधिकारीहरुको उपस्थितिमा हस्तान्तरण गर्नुभएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । केसीले इमान्दारिताको नमुना प्रस्तुत गरेकोमा अधिकारीले धन्यवाद दिनुभयो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...