एमालेबाट हरिकृष्ण श्रेष्ठ प्रतिनिधीसभा सदस्यमा सर्वसम्मत उमेद्वार सिफारिस

Gandaki Pardesh notice

बेनी । आगामी मंसिर ४ गते हुन लागेको प्रतिनिधी र प्रदेशसभा सदस्य निर्वाचनका लागि नेकपा एमालेले म्याग्दीमा हरिकृष्ण श्रेष्ठलाई प्रतिनिधीसभा सदस्यको उमेद्वार बनाउन सर्वसम्मत निर्णय गरेको छ ।

एमालेको सोमबार बेनीमा बसेको जिल्ला कमिटि बैठकले श्रेष्ठलाई प्रतिनिधीसभा सदस्यको उमेद्वार बनाउन माथिल्लो कमिटिमा सिफारिस गर्ने निर्णय गरेको हो । एमाले जिल्ला कमिटि म्याग्दीको दुई कार्यकाल अध्यक्षको जिम्मेवारी सम्हालेका श्रेष्ठ हाल गण्डकी प्रदेश कमिटिको सचिवालय सदस्य हुनुहुन्छ ।

प्रतिनिधीसभाको समानुपातिकतर्फ संबिधानसभा सदस्य, पुर्व राज्यमन्त्री, प्रदेशसभा सदस्य तथा पुर्व प्रदेश मन्त्री नरदेवी पुन र द्धन्द्धपीडित तथा अपाङ्गता कोटामा केपी अधिकारीलाई सिफारिस गरिएको एमाले म्याग्दीले जनाएको छ ।

Shreekrishna hardwear in news
Bhautik ministry notice about road

प्रतिनिधीसभामा सर्वसम्मत उमेद्वार टुङ्गाएपछि एमाले कार्यकर्ताहरु उत्साहित देखिएका छन् भने सत्ता गठबन्धनका दलभित्र दवाव परेको छ । श्रेष्ठले सर्वसम्मत उमेद्वार सिफारिस गर्न सहयोग गर्ने कमिटि, नेता, कार्यकर्तालाई धन्यवाद दिदै एकतावद्ध निर्णयले सकारात्मक सन्देश प्रवाह गरेकाले चुनावी तयारीमा जुट्न अनुरोध गर्नुभएको छ ।

एमालेबाट प्रदेशसभा क्षेत्र (क)मा प्रत्यक्षतर्फको उमेद्वारका लागि एमालेका जिल्ला अध्यक्ष देवेन्द्रबहादुर कटुवाल, उपाध्यक्ष बालकृष्ण सुवेदी, नेताहरु सन्तोष रावल, किरण सापकोटा, लोक भण्डारी, नारायण जिसी, हेमुकमारी पुन, शिवकुमार बरुवाल, प्रकाश पौडेल र बेलबहादुर चोखालले दावी पेश गर्नुभएको छ । समानुपातिकतर्फ बिष्णु गुरुङ, गणेशबहादुर बानिया, जिवन विक, जफर हुसेन, खड्ग गिरी, यामकुमारी गर्बुजा र सिवानी ल्वागनले दावी गर्नुभएको छ ।

यसैगरी प्रदेशसभा क्षेत्र (ख)को प्रत्यक्षतर्फ एमालेका गण्डकी प्रदेश अध्यक्ष तथा संबिधानसभा सदस्य नवराज शर्मा, प्रदेश कमिटि सदस्य रामचन्द्र गौतम, नेताहरु यामबहादुर गर्बुजा, धनबहादुर गुरुङ, पदमलाल सापकोटा र यसोदा रोकाले दावी गर्नुभएको छ । समानुपातिकतर्फ खरमाया बिटालु, सिर्जना केसी, सिता गुरुङले दावी गर्नुभएको छ ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...