तेक्वान्दोमा म्याग्दीलाई २२ पदक

Gandaki Pardesh notice

बेनी। नवौ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि पोखरामा भएको छनौट खेलमा म्याग्दीले २२ वटा पदक जितेको छ ।

म्याग्दीबाट सहभागि भएका १४ बिधाका खेलाडीहरु मध्य अन्य खेलको भन्दा तेक्वान्दोबाट धेरै पदक जितेको जिल्ला खेलकुद विकास समितिका प्रशिक्षक कर्ण प्रधानले बताउनुभयो ।

२ वटा स्वर्ण, ९ वटा रजत र ११ वटा कास्य पदक जितेका छन् । राजकुमार परियारले ८७ केजी मुनीको र सचन्द्र बर्देवाले ७३ केजी तौल समूहमा स्वर्ण पदक जितेका छन् । दिपेश पुर्जा, सोभा बुढामगर र सञ्जिता तामाङले कास्य पदक जितेका छन् ।

Shreekrishna hardwear in news
Bhautik ministry notice about road

कृपेश शर्मा, सुस्मीता दर्जी, सुरेन्द्र वर्देवा, इकल रोका, रञ्जिता तामाङ, सोयता शाक्य र रोहित पटेलले रजत पदक हात पारेका छन् । पुम्से ग्रुप महिलामा रक्षा पुर्जा, ईसा गर्बुजा, प्रकृति रन्तिजा, पुरुषतर्फ प्रमोद परियार, कुशल सुनार र विसाल परियारले कास्य पदक जितेका छन् ।

पियरमा ईसा गर्बुजा र प्रमोद परियार तथा सिङ्गलमा प्रमोद परियार र रक्षा पुर्जाले रजत पदक जितेका प्रशिक्षक प्रधानले जानकारी दिनुभयो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...