बेनी, म्याग्दीको मालिका गाउँपालिका–६ दरवाङका ५ देखि ११ वर्ष उमेर समूहका ९८.३ प्रतिशत बालबालिकाले कोरोना विरुद्धको खोप लगाएका छन् ।
वडाका ८ वटा विद्यालयमा सो उमेर समूहका ६६२ जना बालबालिकालाई कोरोना विरुद्धको खोप लगाउने लक्ष्य राखिएकोमा हालसम्म ६६१ जनालाई लगाएको दरवाङ प्राथमिक स्वास्थ्य केन्द्रले जनाएको छ ।
केन्द्रका हेल्थ हसिस्टेन्ट यमन नेपालीले भदौ ५ देखि ११ गतेसम्म कोरोना विरुद्धको फाइजर खोपको पहिलो मात्रा लगाउने अभियान भएपनि छुटेकालाई पनि खोजेर खोप लगाइएको बताउनुभयो ।