कक्षा १२ मा सामुदायिककी करुणा जिल्ला प्रथम

Gandaki Pardesh notice

बेनी। कक्षा १२ को यस वर्षको नतिजामा बेनी सामुदायिक माविकी करुणा सापकोटा जिल्ला प्रथम भएकी छिन् ।

राष्ट्रिय परीक्षा वोर्ड, परीक्षा नियन्त्रण कार्यालयले शुक्रवार सार्वजनिक गरेको नतिजामा ३.४८ जिपिए ल्याएकी सापकोटा सामुदायिक तर्फ जिल्ला प्रथम बन्नुभएको हो ।

Bhautik ministry notice about road

बेनी सामुदायिकका प्रअ दिपक श्रेष्ठले सापकोटाले सामुदायिक विद्यालयतर्फ जिल्लामा सर्वोकृष्ट नतिजा ल्याएको बताउनुभयो । सापकोटा कक्षा ८ देखिनै कक्षा प्रथम छात्रा हुन् । उहाँले एसइईमा पनि ४ जिपिए ल्याउनुभएको थियो । बेनी सामुदायिकबाट सहभागि सापकोटा सहित ८ जनाले ३ भन्दा बढी जिपिए ल्याएका छन् । सहभागी सबै ७४ जना विद्यार्थीले ग्रेड वृद्धि गर्न नपर्ने नतिजा ल्याएका छन् ।

Shreekrishna hardwear in news

सापकोटाले चार्टल एकाउन्टेन्ट (सिए) बन्न लक्ष्य सहित बिबिए वा बिबिएस मार्फत शैक्षिक यात्रा अघि बढाउने बताउनुभयो । समग्र उतिर्ण प्रतिशतमा ५९.२ प्रतिशत रहेकाले यो प्रतिशत साविकको धौलागिरी भित्रकै उत्कृष्ट भएको विद्यालयले दावी गरेको छ । गत जेठ १६ देखि २५ गतेसम्म कक्षा १२ को परिक्षा सञ्चालन भएको थियो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...