महिला भलिबलमा म्याग्दीलाई स्वर्ण

Gandaki Pardesh notice

बेनी,। नवौ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि भएको गण्डकी प्रदेश स्तरीय छनौट खेलमा म्याग्दीमा महिला भलिबलको टिम विजयी भएका छन् ।

पोखरामा शनिबार भएको फाइनलमा पर्वतलाई २–१ को सेटमा म्याग्दीले पराजित गरेको हो । राष्ट्रिय महिला भलिबलको राष्ट्रिय टिमका क्याप्टेन अरुणा शाहीको नेतृत्वमा म्याग्दीका खेलाडी मैदानमा उत्रिएका थिए ।

टिममा शाही, पवित्रा विसी, रेविना घर्ति, सस्मिता पुन, मनिषा तिलिजा, सृजना पाईजा, सजिना बुढाथोकी, एलिसा रोका, काजल छन्त्याल, वर्षा फगामी, निशा पाईजा र तुलकुमारी तिलिजा सहभागि थिए । मनाङ बाहेक १० वटा जिल्लाका खेलाडी सहभागि भएका थिए ।

Shreekrishna hardwear in news
Bhautik ministry notice about road

तेक्वान्दोमा म्याग्दीका राजकुमारी परियारले ८७ केजी मुनीको र सिचन्द्र बर्देवाले ७३ केजी तौल समूहमा स्वर्ण पदक जित्नुभएको जिल्ला खेलकुद विकास समितिका प्रशिक्षक कर्ण प्रधानले जानकारी दिनुभयो ।

यसैगरी बक्सिङ खेलमा धवलागिरी गाउँपालिका–६ की एलिना गर्बुजाले कास्कीकी सिमा गुरुङलाई पराजित गर्दै ५१ केजी तौल समूहमा स्वर्ण पदक जित्नुभएको छ । गर्बुजाले बक्सिङमा म्याग्दीलाई पहिलो स्वर्ण दिलाएको जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दिनेश केसीले बताउनुभयो ।

कराँतेमा म्याग्दीका ६ जना खेलाडी राष्ट्रिय प्रतियोगिताका लागि छनौट भएका छन् । कुमुतेमा प्रज्वल शेरचन, सुमन वानियाँ, मार्सल गर्वुजा, सिमित शर्मा र मौसम किसानले स्वर्ण पदक जितेका छन् । ६१ केजी समुहको महिलातर्फ प्रिति थापाले स्वर्ण पदक जितेकी छिन् । स्वर्ण पदक जितेका खेलाडीहरु राष्ट्रिय प्रतियोगितामा छनौट भएका करातेका प्रशिक्षक विरेन्द्र श्रेष्ठले बताउनुभयो ।

५० केजी तौल समूहमा मार्शल गर्बुजाले रजत टिम काता पुरुष, महिला, ६७ केजी तौल समूहमा पुरुषतर्फ प्रज्वल शेरचनले कास्य पदक जित्नुभएको छ । असोज २८ देखि कात्तिक ३ गतेसम्म गण्डकी प्रदेशमा राष्ट्रिय खेलकुद प्रतियोगिता सञ्चालन हुदैछ् । गण्डकी प्रदेश स्तरीय छनौट खेलमा १४ वटा विधामा म्याग्दीका १९७ जना खेलाडी सहभागि भएका थिए ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...