आसन्न चुनावमा उमेद्वार बन्न म्याग्दी काँग्रेसका ३२ नेताको नाम सिफारिस

Gandaki Pardesh notice

बेनी, नेपाली कांग्रेस म्याग्दीको शुक्रवार सम्पन्न जिल्ला कार्यसमिति, महाधिवेशन प्रतिनिधि र गण्डकी प्रदेश प्रतिनिधि समेतको बैठकबाट प्रदेश निर्वाचन क्षेत्रबाट आएको सिफारिस र जिल्ला कार्य समितिको बैठकमा उम्मेदवार बन्न आकांक्षा राखेका ३२ जनाको नाम प्रदेश समितिमा सिफारिस गरेको छ ।

प्रतिनिधिसभामा प्रत्यक्षतर्फ जिल्ला सभापति खमबहादुर गर्बुजा ‘खम्बिर’, संविधान सभा सदस्य रेशमबहादुर बानियाँ र पार्टी जिल्ला उप–सभापति कर्णबहादुर भण्डारी (केवी) सिफारिस हुनुभएको जिल्ला सचिब हिरा पुनले जानकारी दिनुभयो ।

Bhautik ministry notice about road

प्रतिनिधिसभाको समानुपातिकतर्फ माधवप्रसाद रेग्मी, नेत्रबहादुर महत, हिराबहादुर पुन, मनकुमारी विश्वकर्मा, विनाकुमारी खड्का, श्रीप्रसाद रोका मगर, भिमबहादुर रोका मगर, दिलबहादुर बरुवाल, गोपाल बानियाँ, प्रताप पुर्जा र त्रिलोकचन्द विश्कर्माको नाम सिफारिस भएको छ । प्रदेश ‘क’ मा प्रत्यक्षतर्फको उम्मेदवारमा हरिकुमार श्रेष्ठ, ओम छन्त्याल, मिनबहादुर कार्की र डमबहादुर गर्बुजा सिफारिस हुनुभएको छ ।

Shreekrishna hardwear in news

सामानुपातिकतर्फ बिमला गौचन, अनोद श्रेष्ठ, मुकुन्द छन्त्याल र कमल विश्वकर्माको नाम सिफारिस गरिएकोे छ । त्यस्तै प्रदेश सभा निर्वाचन क्षेत्र ‘ख’मा प्रत्यक्षतर्फ मनमोहन बुढाथोकी छन्त्याललाई उम्मेदवार बनाउने सर्वसम्मत निर्णय गरी सिफारिस हुनुभएको छ । समानुपातिकतर्फ खिमबहादुर पुर्जा, देविकुमारी बुढा, यामबहादुर हर्मेल, तमबहादुर थापा, तेजिन्द्र थापा, कमरा पटेल, दिलबहादुर विक, रामदेवी पुन र सुरेन्द्र खत्रीको नाम सिफारिस भएको छ ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...