सडकका सारथी इन्द्रसिंङलाई दानामा सम्मान

Gandaki Pardesh notice

बेनी । अन्नपूर्ण गाउँपालिका– ३ नम्बर वडा कार्यालयले बुधबार दानामा बेनी–जोमसोम–कोरला सडक आयोजनाका सुपरभाइजर इन्द्रसिंह शेरचनलाई सम्मान गरेको छ ।

वडा अध्यक्ष रमेश पुर्जाले शेरचनलाई दोसल्ला ओदाएर र प्रंशसापत्र प्रदान गरेर सम्मान गर्नुभयो । यसअघि मंगलबार मुस्ताङको कोवाङमा थकाली सेवा समिति नेपालकोे १३ औ महाधिवेशनको उद्घाटन समारोहमा लुम्बीनीका प्रदेश प्रमुख अमिक शेरचन र समितिका अध्यक्ष सोमप्रसाद तुलाचनले शेरचनलाई प्रशंसापत्र प्रदान गर्नुभएको थियो ।

म्याग्दीको अन्नपूर्ण गाउँपालिका देखि मुस्ताङको बाँदरजुङभिरसम्म विषेशत वर्षाको समयमा बाढी पहिरोले अवरुद्ध हुने सडकलाई खुलाउन र अलपत्र परेका यात्रुहरुको उद्धारमा कर्मचारीमा सिमित नरही दिनरात खटेर योगदान गरेकाले शेरचनलाई सम्मान गरिएको वडा कार्यालयले जनाएको छ ।

Shreekrishna hardwear in news
Bhautik ministry notice about road

शेरचनले अशक्त पैदलयात्रुलाई पिठ्युमा बोकेर जोखिमयुक्त पहिरो पार गराउनुहुन्छ । अवरुद्ध सडक खुलाउन सडक आयोजना, प्रशासन, स्थानीय तह र सुरक्षा निकायमा समन्वय गर्नुहुन्छ । सडकको अवस्थाको बारेमा सञ्चार माध्यम र आम नागरिकलाई सूचना दिएर यात्रा योजना बनाउन सघाउनुभएको छ ।

गत जेठमा मुस्ताङमा हराएको तारा एयरको जहाज र २०७६ मा म्याग्दीको नारच्याङमा हराएका नेपाली पर्यटक खोज्न होस या हिमाल आरोहीहरुको उद्दारमा खटिदै आउनुभएको छ ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...