सल्यान सिचाई आयोजना उद्घाटन

Gandaki Pardesh notice

साजन परियार
धाइरिङ, । पर्वतको जलजला गाउँपालिका–७ मा सल्यान सिचाई आयोजना पुननिर्माण भएको छ ।

गण्डकी प्रदेश सरकार अन्तरगतको खानेपानी, जलस्रोत तथा सिचाई विकास डिभिजन कार्यालय पर्वतले आयोजना पुननिर्माण गरेको हो । आयोजनाको बुधबार गण्डकी प्रदेशका सभामुख नेत्रनाथ अधिकारी र संबिधानसभा सदस्य अर्जुनप्रसाद जोशीले संयुक्त रुपमा शिलालेख अनावरण गरेर उद्घाटन गर्नुभयो ।

वि.स. २०५१ मा निर्माण भएको आयोजनाको नहर पुरानो भएपछि वि.स. २०७६÷०७७ देखि पुननिर्माण थालिएको थियो । रु. एक करोड ९७ लाख बजेट बिनियोजन भएको आयोजना ठेक्का मार्फत कार्यान्वयन भएको वडा अध्यक्ष टुङ्गनाथ शर्माले बताउनुभयो ।

Shreekrishna hardwear in news

“गत आर्थिक वर्षमा दुई हजार ४०० मिटर नहर पुननिर्माणले पूर्णता पाएको थियो,” उहाँले भन्नुभयो “भुसुनेको मुहान देखि सल्यानसम्म मुख्य नहर पक्कि बनाइएको छ । शाखा नहर बनाउनका लागि पनि योजनालाई निरन्तरता दिन पहल गरेका छौ ।”

उपभोक्ता समितिका अध्यक्ष रुद्रलाल उपाध्यायले २०० घरधुरी कृषक लाभान्वित भएको र ५० हेक्टर जमिनमा सिचाई सुविधा पुगेको बताउनुभयो । “नहर पुरानो हुँदा पानी चुहावट हुने समस्या थियो,” उहाँले भन्नुभयो “नहर पुननिर्माण गरेपछि मुहानबाट आएको जति पानी खेतमा पुग्छ । यसपाली धान रोप्न र पानी लगाउन विगतका वर्ष जस्तो धेरै दिनको पालो लगाउनु परेन् ।”

अक्करे जोखिमयुक्त भिरमा पहिले नहर बनाउने क्रममा सात जनाले ज्यान गुमाएका थिए । उद्घाटन कार्यक्रममा सभामुख अधिकारी, संबिधानसभा सदस्य जोशी, जलजला गाउँपालिकाका अध्यक्ष राजुप्रसाद आचार्य, उपाध्यक्ष दिपक आचार्य, जिल्ला समन्वय समितिका उपप्रमुख सोम जिसी लगायतले शाखा नहर बनाउन पहल गर्ने प्रतिवद्धता जनाउनुभयो ।

Bhautik ministry notice about road

धारापानी, बाँसबोट लगायत ठाउँमा पनि सिचाई आयोजना निर्माणाधिन रहेको जानकारी गराउनुभयो । सल्यानलाई कृषिमा नमुना बनाउन मुख्यमन्त्री नमुना कृषि गाउँ कार्यक्रम पनि सञ्चालन गरिएको सभामुख अधिकारीले बताउनुभयो । संबिधानसभा सदस्य जोशीले आफ्नो पहलमा बनेको सल्यान सिचाई योजनाले स्थानीयवासीको जिवनमा ल्याएको परिवर्तन र सम्बृद्धीबाट उत्साहित भएको बताउदै खुसी व्यक्त गर्नुभयो ।

धाइरिङ धौलागिरी क्षेत्रमा सबैभन्दा धेरै व्यवसायिक तरकारी खेती हुने गाउँ हो । यहाँ ताजा तरकारीको साथै विउ पनि उत्पादन हुन्छ । सल्यान सिचाई आयोजना निर्माण हुनुअघि सल्यानमा धैया धान खेती हुन्थ्यो ।

सिचाई आयोजना निर्माण भएसँगै गुडुरा, गौरीया जातको धान भित्रिएको र सल्यानका कृषकको जिवनस्तरमा सुधार ल्याएको स्थानीय दण्डपाणी रिजालले बताउनुभयो । सिचाई सुविधापछि विदेशबाट फर्किएका कृषकहरुले व्यवसायिक तरकारी खेती गरेर राम्रो आम्दानी गर्न सफल भएका उपभोक्ता समितिका सदस्य हरि आचार्यले बताउनुभयो ।

कक्षा ५ सम्म पढाई हुने फर्से धाइरीङमा मावी तहको पठनपाठन सञ्चालन गर्नमा पनि सल्यान सिचाई आयोजनाको हात रहेको प्रअ मुकुन्द आचार्यले बताउनुभयो । उद्घाटन कार्यक्रमका अवसरमा आयोजना निर्माणमा सहयोग गर्ने व्यक्ति, संघ संस्थाहरुलाई सम्मान गरिएको थियो । स्थानीयबासीले बाजा बजाएर नाचगान गरि खुसीयाली मनाएका थिए । आमा समूहले सिचाई आयोजनाले ल्याएको परिवर्तनलाई गित मार्फत प्रस्तुत गरेका थिए ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...