बेनी अस्पतालमा करार जनशक्ति थपिए

Gandaki Pardesh notice

बेनी । बेनी अस्पतालमा थप जनशक्ति व्यवस्थापन भएपछि सेवा प्रवाह सहज बनेको छ ।

प्रदेश सरकारले करारमा भर्ना गरेका म्याद थप नहुँदा र निक साइमन्स इन्टीच्युटबाट आएका स्वास्थ्यकर्मी गरि ३८ जना एकै पटक बाहिरिदाँ करिब एक महिनासम्म अस्पतालको सेवा प्रवाहमा समस्या भएको थियो ।

अस्पतालका निमित्त प्रमुख डाक्टर जितेन्द्र कडेलले अस्पताल व्यवस्थापन समिति र प्रदेश सरकारले करारमा भर्ना गर्नुका साथै विभिन्न कार्यक्रमबाट थप स्वास्थ्यकर्मी व्यवस्थापन गरेर सेवा प्रवाहलाई सहज बनाइएको जानकारी दिनुभयो ।

Shreekrishna hardwear in news

“करार अवधी सकिएपनि केही स्वास्थ्यकर्मीहरुले स्वमसेवा गरेर सघाउनुभयो,” उहाँले भन्नुभयो “अस्पताल व्यवस्थापन समिति, प्रदेश सरकार र विभिन्न कार्यक्रमबाट आगामी असार सम्मका लागि ५१ जना जनशक्ति व्यवस्थापन भएपछि सेवा प्रवाह सहज भएको छ ।”
अस्पताल व्यवस्थापन समितिले २ जना मेडिकल अधिकृत, ६ जना स्टाफ नर्स, २ जना ल्याब टेक्नीसिनय, १ जना एनेस्थेसीया सहायक, २ जना अहेव, २ जना अनमी, १ जना ल्याब असिस्टेन्ट र चार जना कार्यालय सहयोगी करारमा नियुक्त गरेको छ । प्रदेश सरकारले ८ जना स्टाफ नर्स, १÷१ जना एचए, फार्मेसी, रेडियोग्राफर सहित १३ जना स्वास्थ्यकर्मी करारमा पठाएको छ । हाल चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारी गरेर ६४ जना जनशक्ती कार्यरत छन् ।

“५० शैयाको अस्पतालमा ८ कन्सल्टेन्ट डाक्टर र चार मेडिकल अधिकृतसहित ५९ जनाको दरबन्दी भए पनि अध्ययन बिदामा गएका बाहेक १३ जनामात्रै हुनुहुन्छ,” बेनी अस्पताल व्यवस्थापन समितिका अध्यक्ष ज्ञानेन्द्र सुवेदीले भन्नुभयो “करारका चिकित्सक र स्वास्थ्यकर्मीको भरमा चलेको अस्पतालको वि.स. २०७४ मा शुरु भएको नयाँ भवन निर्माण पुरा नहुँदा अस्थायी संरचनाबाट सेवा प्रवाह गर्नुपरेको छ ।”

Bhautik ministry notice about road

वार्षिक रु. छ करोड भन्दा बढी बजेट भएको बेनी अस्पतालमा ओएनएम सर्वेमा छुटेकाले लेखापालको दरबन्दी नहुँदा समस्या भएको छ । अस्पतालले विभिन्न सेवा विस्तार गरेको र सेवा लिनेको संख्या पनि बढेको जनाएको छ । आर्थिक वर्ष २०७८÷७९ मा ३८ हजार ४३१ जनाले बहिरंग, आठ हजार ८१० जनाले आकस्मिक, दुई हजार ६१९ जनाले अन्तरंग, १७२ वटा शल्यक्रिया मार्फत गरिने सहित ७९९ जनाले प्रसुति र ७६ जनाले मेजर शल्यक्रिया सेवा लिएका छन् ।

यसैगरी ९७ जनाले इन्डेस्कोपी, आठ हजार ४६७ जनाले युएसजी, दुई हजार ८१३ जनाले इसिजी, दुई लाख ३३ हजार २३३ वटा ल्याब्रेटरी, आठ हजार ८१७ जनाले एक्सरे सेवा लिएको अस्पतालमा अन्यत्रबाट १५७ जना रिफर भएर आएका र एक हजार ६८ जना रिफर भएका छन् ।

म्याग्दीका साथै पर्वतको जलजला गाउँपालिकाका बासिन्दाले सेवा लिने बेनी अस्पतालमा गत वर्ष इन्डेस्कोपी, हिंसा प्रभावितहरुका लागि एकद्धार संकट व्यवस्थापन केन्द्र, सामाजिक सेवा इकाई, ५ शैया क्षमताको बाल उपचार कक्ष, मेडिकल वार्ड, प्रतिदिन १०० सिलिण्डर क्षमताको अक्सीजन पलान्ट सञ्चालन गरेको छ । टेलिमेडिसिन सेवा शुरु गर्ने तयारी गरेको अस्पतालले विद्युतीय मेडिकल रेकर्ड सिस्टम शुरु गरेको छ ।

समिक्षा गोष्ठीमा जिल्ला समन्वय समितिका प्रमुख राजकुमार थापाले नीतिगत÷कानुनी समस्यासंगै ठेकेदारको लापरबाहीले अस्पतालको भवन अलपत्र परेको जानकारी गराउदै छिटो सम्पन्न गराउनका लागि पहल गर्ने बताउनुभयो । जनताको अपेक्षा अनुसार थपिएका स्वास्थ्य सेवाहरु प्रभावकारी रुपमा संचालन गर्न लागि स्थानीय तहको भूमिका महत्वपूर्ण हुने जोड दिनुभयो । बेनी अस्पतालको सेवालाई प्रभावकारी रुपमा संचालन गर्नका लागि ब्यवस्थापन समिति, डाक्टर र नर्स जिम्मेवार बन्न प्रमुख थापाले आग्रह गर्नुभयो ।

स्वास्थ्य कार्यालयका प्रमुख एकनारायण लम्सालले अस्पतालको सेवाहरुमा जनताको विश्वास बढेको बताउनुभयो । नेकपा माओवादी केन्द्रका बेनी नगर कमिटीका अध्यक्ष शेरबहादुर केसी र अस्पताल ब्यवस्थापन समितिका सदस्य दुर्गाराम सुवेदीले जिल्लाका राजनीतिक दल र जनप्रतिनिधिहरु मिलेर अस्पतालको भवन छिटो सम्पन्न गराउने वातावरण तयार गर्नुपर्नेमा जोड दिनुभएको छ । पत्रकार महासंघ म्याग्दी शाखाका उपाध्यक्ष हरिकृष्ण गौतमले राजनीतिक दल र जनप्रतिनिधि जिम्मेवार नबन्दा अस्पतालको भवन निर्माणमा ढिलाई भएको बताउनुभयो ।

बेनी अस्पताल ब्यवस्थापन समितिका अध्यक्ष ज्ञानेन्द्र सुवेदीले बिरामीलाई धेरै पैसा खर्चिएर पोखरा, काठमाडौँ जानपुपर्ने अवस्थालाई रोक्न आईसीयू लगायतको विभिन्न सेवाहरु प्रभावकारी रुपमा संचालन गर्नका लागि स्थानीय तहको सहयोग आवश्यक रहेको बताउनुभयो । जिल्लाका तीन तहका जनप्रतिनिधिले अन्य क्षेत्र भन्दा स्वास्थ्य क्षेत्रमा बढी ध्यान दिन आग्रह गर्नुभयो । मेडिकल रेकर्डर प्रकाश सुवेदीले स्वागत गर्नुभएको कार्यक्रमको सञ्चालन अस्पतालका व्यवस्थापक पुजा बानियाले गर्नुभएको थियो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...