बेनीमा बर्खेनाच समापन

Gandaki Pardesh notice

बेनी, । म्याग्दीको बेनी बजारमा एक महिना अघि सुरु भएको बर्खे नाचको बिहिबार मंगलबार समापन गरिएको छ ।

भाषा मंकाःखल र ल्यामःपूचको नेतृत्वमा प्रत्येक वर्षको श्रावण महिनाको घण्टाकर्ण चर्तुदशीदेखि हरितालीका तिज पर्वको दिनसम्म देखाउने गरिन्छ । बेनीको गणेश मन्दीरमा धार्मीक बिधी अनुसार कृष्णद्धारा घण्टाकर्ण नामको राक्षसको प्रतिकको बध गरि समापन गरिएको हो ।

‘तरबार लडाइँ नृत्य’मा श्रीकृष्णको रूपधारण गरेका कलाकारले लाखेको मुखुण्डोलाई बध गरेका थिए । बेनीमा नेवार समुदायको बसोबास रहेदेखिनै बर्खेनाच देखाउने चलन रहेको नेपाल भाषा मंका खल म्याग्दीका अध्यक्ष कृष्णप्रसाद श्रेष्ठले बताउनुभयो ।

Shreekrishna hardwear in news

परापुर्व कालमा समाजलाई दुख दिएको घण्टाकर्ण नामको राक्षसको स्थानीयबासीले बध गरेपछि साक्षसकी पत्नीले पती बियोगमा देखाएको चरित्रलाई बर्खेनाचमा कलात्मक रुपमा प्रस्तुत गरिन्छ ।

Bhautik ministry notice about road

बर्खे नाच अन्तरगत मृढृङ्गा र मादलको तालमा लाखे, घोडा, नागनागीनी, रोपाइ र जोगी नाच देखाउने गरिन्छ । कोरोना भाइरसको महामारीका कारण गत बर्ष र यसपालि बर्खेनाचलाई औपचारिकतामा मात्र सिमित गरिएको ल्यामःपुच म्याग्दीका अध्यक्ष जेनिस श्रेष्ठले बताउनुभयो ।
यसपाली बेनी बजारका साथै पर्वत बेनी र बगरफाँटमा पनि बर्खेनाच देखाइएको थियो । यसैगरी रघुगंगा गाउँपालिका २ भगवतिमा पनि यसपाली त्यहाँका नेवार समुदायले ६ वर्षपछि लाखे नाच प्रर्दशन गरेका छन् । भगवतिको मैदानमा देखाइएको लाखेनाच हेर्न स्थानीयबासीको घुइचो लागेको थियो ।

परम्परालाई निरन्तरता र संस्कृति जोगाउन नयाँ पुस्तालाई बर्खेनाचको सिप सिकाएर पुस्तान्तरण गरिएको छ । बेनीमा बसोबास शुरु भएदेखि नै बर्खे नाच देखाउने परम्परागत चलन रहेको पाइन्छ ।

उक्त नाचअन्तर्गत तिजको दिनमा दानवीय स्वरुपको लाखेलाई भगवान श्रीकृष्णले बध गरेपछि असत्यमाथि सत्यको विजयी भएको सन्देशसहित यो नाच समापन गरिने चलन छ । नाचमा पछिल्लो समय यहाँका युवाले सक्रिय सहभागिता जनाउने गरेका छन् । बर्खे नाचका लागि नयाँ कलाकारलाई तालिम समेत दिइएको थियो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...