विद्याज्योति माविको भवन निर्माण

Add Samajik bikash office

मल्लाज । पर्वतको जलजला गाउँपालिका–३ मल्लाज स्थित विद्याज्योति माबिमा कक्षा कोठा भवन निर्माण भएको छ ।

विकास बेल्जियम र जलजला गाउँपालिकाको साझेदारीमा दश कोठे दुई तले कक्षा कोठा भवन निर्माण भएको हो । विकास बेल्जियमका स्थानीय समन्वयकर्ता टेकबहादुर बरुवालले बिद्यालयको भवन बनाउन संस्थाले गाउँपालिकालाई रु. एक करोड २९ लाख ७८ हजार १५६ उपलब्ध गराएको जानकारी दिनुभयो ।

“विकास वेल्जियमको ७५ प्रतिशत र गाउँपालिकाको २५ प्रतिशत लागत साझेदारीमा एक वर्षअघि थालिएको भवन निर्माणको काम सकिएको छ,” उहाँले भन्नुभयो “सम्झौता अनुसार संस्थाले गाउँपालिकालाई सहयोग उपलब्ध गराइसकेको छ ।”

Shreekrishna hardwear in news

रु. दुई करोड १३ लाख ९५ हजार ७६२ लागत अनुमान गरिएको भवन निर्माणका लागि वि.स. २०७८ साउन ५ गते त्रिशक्ति कन्ट्रक्सन इन्जिनियरीङले कर सहित रु. एक करोड ६० लाख ७२ हजार ९७२ मा ठेक्का सम्झौता गरेको थियो ।

Bhautik ministry notice about road

पुरानो भवन जिर्ण भएपछि नयाँ भवन निर्माणका लागि गाउँपालिका र बिकास बेल्जियममा डिपिआर तयार पारेर प्रस्ताव गरिएको थियो । कक्षा १२ सम्मको पठनपाठन हुने बिद्यालयमा २७० जना भन्दा बढी बिद्यार्थी छन् ।

समन्वयकर्ता बरुवालले विकास नेपाल वेल्जीयमका अध्यक्ष वेट्टरी मौरीयक्स लगायत पदाधीकारी, सदस्य र दाताहरुलाई धन्यवाद ज्ञापन गर्नुभएको छ ।

बि.स. २००४ मा स्थापना भएको बिद्याज्योति धवलागिरी क्षेत्रकै पुरानो बिद्यालय मानिन्छ । विकास बेल्जियमले यसअघि धवलागिरी गाउँपालिकाका–७ मा ताकम माविको भवन र बेनीको कालीपुल देखि डिलफाँट हुदै मल्लाजसम्म पदमार्ग निर्माण गरेको थियो ।

तीन चरणमा रु ८६ लाख नौ हजार २५२ को लागतमा एक हजार ९५२ मिटर पक्की पदमार्ग निर्माण हो । ठाडो भीरको उकालोमा सिढी र रेलिङ सहितको पदमार्ग निर्माण भएपछि बेनी बजारका साथै बगरफाँट वारिवेनी, जलजला गाउँपालिकाको बाँसखर्क, मल्लाज, लेकफाँट, म्याग्दीको नागीका बासिन्दालाई आवत जावतमा सहज भएको छ ।

Gandaki dadelo notice
प्रतिक्रिया दिनुहोस
Loading...