विपद्का सारथी इन्द्रसिंङ शेरचनलाई सम्मान

Add Samajik bikash office

बेनी, । बेनी–जोमसोम–कोरला सडक आयोजनाका सुपरभाइजर इन्द्रसिंह शेरचन सम्मानित हुनुभएको छ ।

थकाली सेवा समिति नेपालको मुस्ताङको कोवाङमा मंगलबारदेखि शुरु भएको १३ औ महाधिवेशनको उद्घाटन समारोहमा लुम्बीनीका प्रदेश प्रमुख अमिक शेरचन र समितिका अध्यक्ष सोमप्रसाद तुलाचनले शेरचनलाई प्रशंसापत्र प्रदान गर्नुभएको हो ।

म्याग्दीको अन्नपूर्ण गाउँपालिका देखि मुस्ताङको बाँदरजुङभिरसम्म विषेशत वर्षाको समयमा बाढी पहिरोले अवरुद्ध हुने सडकलाई खुलाउन र अलपत्र परेका यात्रुहरुको उद्धारमा कर्मचारीमा सिमित नरही दिनरात खटेर योगदान गरेकाले शेरचनलाई सम्मान गरिएको समितिले जनाएको छ ।

Shreekrishna hardwear in news
Bhautik ministry notice about road

शेरचनले अशक्त पैदलयात्रुलाई पिठ्युमा बोकेर जोखिमयुक्त पहिरो पार गराउनुहुन्छ । अवरुद्ध सडक खुलाउन सडक आयोजना, प्रशासन, स्थानीय तह र सुरक्षा निकायमा समन्वय गर्नुहुन्छ । सडकको अवस्थाको बारेमा सञ्चार माध्यम र आम नागरिकलाई सूचना दिएर यात्रा योजना बनाउन सघाउनुभएको छ ।

गत जेठमा मुस्ताङमा हराएको तारा एयरको जहाज र २०७६ मा म्याग्दीको नारच्याङमा हराएका नेपाली पर्यटक खोज्न होस या हिमाल आरोहीहरुको उद्दारमा खटिदै आउनुभएको छ ।

Gandaki dadelo notice
प्रतिक्रिया दिनुहोस
Loading...