म्याग्दी समाज मुन्डुबेरा अष्ट्रेलियाको अध्यक्षमा रमेश रोका

Gandaki Ghumau

म्याग्दी समाज मुन्डुबेरा अष्ट्रेलियाको प्रथम अधिवेशनबाट रमेश रोकाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । अष्ट्रेलियाको क्वीन्सल्याण्ड राज्यको मुन्डुबेरामा बसोबास गर्ने म्याग्देलीहरूको साझा संस्था समाजको बरिष्ठ उपाध्यक्षमा साधना भण्डारी, उपाध्यक्ष कमल बरुवाल,महासचिव रमेश भण्डारी, सचिव सुनिल सुबेदी, सहसचिव होमिदा पुन, कोषाध्यक्ष मिरा पुन, सह–कोषाध्यक्ष सविना कार्की रहेको अध्यक्ष रोकाले बताउनुभयो ।

Gunasthariya Shiksya

त्यसैगरी कार्यसमिति सदस्यहरुमा दिना फगामी, सुस्मिता गुरुङ्ग, किसान कार्की, विकल बरुवाल,हेम बहादुर पुन, दिलिप बुढा,दियानी गर्बुजा,सुमन खत्री, नर्मिला जुग्जाली, साहिल थापा, कविता बुढा, इश्वरी चोचाङ्गी र सोना चोखाल रहेका छन् । अधिवेशनको अध्यक्षता गदैं संस्थापक पूर्ण रोकाले आफ्नो कार्यकालमा रचनात्मक सहयोग गर्ने सम्पूर्णलाई धन्यवाद ज्ञापन गर्नुभयो । नवनिर्वाचित कार्यसमितिका पदाधिकारी र सदस्यलाई निर्वाचन समितिका संयोजक किसान पुन मगर, सदस्य अर्जुन शर्मा र सन्तोष मल्लले सपथ ग्रहण गराउनुभएको थियो।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...