स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन पाँच बुदे प्रतिवद्धता

Gandaki Ghumau

बेनी, । म्याग्दीमा स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन सोमबार पाँच बुढे प्रतिवद्धतापत्र जारी गरिएको छ ।

स्वास्थ्य कार्यालय म्याग्दीको आयोजनामा बेनीमा सम्पन्न आर्थिक वर्ष २०७८÷७९ मा सञ्चालित स्वास्थ्य कार्यक्रमहरुको समिक्षा कार्यक्रममा सहभागी जिल्ला र पालिकाका स्वास्थ्य कार्यालय, अस्पताल, शाखा र संस्थाहरुले प्रतिवद्धता जनाएका हुन् ।

तीनैतहका सरकारका निकाय र साझेदार संघ संस्थाबाट सम्पादन गरिएका स्वास्थ्य कार्यक्रमहरुको सुचक विश्लेषण गरी हालको अवस्था र भावी गन्तब्यलाई आधार बनाएर शत प्रतिशत नतिजा हाँसिल गर्न प्रतिवद्धतापत्र जारी जारी गरिएको स्वास्थ्य कार्यालयका सूचना अधिकारी गणेश सुवेदीले जानकारी दिनुभयो ।

Shreekrishna

प्रतिवद्धतापत्रमा स्वास्थ्य कार्यालयका प्रमुख एकनारायण लम्साल, बेनी अस्पतालका प्रमुख डाक्टर जितेन्द्र कडेल, जिल्ला आर्युवेद स्वास्थ्य केन्द्रका प्रमुख दामोदर शर्मा, बेनी नगरपालिकाका जनस्वास्थ्य अधिकृत चन्दन सुवेदी, स्वास्थ्य शाखाका प्रमुख तथा प्रतिनिधि अन्नपूर्णका समुन्द्र बरुवाल, रघुगंगाका हमबहादुर फगामी, मंगलाकी पार्वति चन्द्, मालिकाका सन्तुकुमारी कार्की, धवलागिरीका सम्झना खाती क्षेत्री, सुआहाराका रामचन्द्र पन्थी, वन हर्ट वल्र्डवाइडका उपेन्द्र चन्द र मिलन म्याग्दीका बालकुमारी पुनले हस्ताक्षर गर्नुभएको छ ।

Gunasthariya Shiksya

नेपाल सरकारले शुरुवात गरेका पूर्ण खोप सुनिश्चितता, पूर्ण खोपयुक्त वडा घोषणा तथा सुनिश्चितता, ५ वटै परिवार नियोजनको साधन उपलब्ध स्वास्थ्य संस्था घोषणा, क्षयरोग मुक्त वडा तथा पालिका घोषणा जस्ता कार्यक्रमहरु क्तमश घोषणा तथा वार्षिक रुपमा सोको सुनिश्चितता गर्ने प्रतिवद्धता जनाएका छन् ।

स्थानीय तहको परिस्थिति अनुसार नविनतम कार्य तथा रणनीतिहरु अबलम्बन गर्दै आधारभूत सेवा पाउनुपर्ने शत प्रतिशत लक्षित समुदायले नै सेवा पाउने वातावरण बनाउने, विद्यालय स्वास्थ्य शिक्षा तथा विद्यार्थीहरु परिचालन गर्ने, अभिलेख र तथ्याङ्कलाई चुस्त बनाउने, महिला स्वास्थ्य स्वमसेविका र आमा समूहलाई स्वास्थ्य कार्यक्रममा प्रभावकारी परिचालन गर्ने प्रतिवद्धता जनाएको छन् ।

समापन कार्यक्रमका अवसरमा स्थानीय तहहरुको विभिन्न जनस्वास्थ्यका सुचकहरुको मुल्यांकनमा प्रथम हुन सफल बेनी नगरपालिकालाई जिल्ला समन्वय समितिका प्रमुख राजकुमार थापाले स्वास्थ्य शाखाका प्रतिनिधीलाई प्रशंशापत्र प्रदान गर्नुभएको थियो । दुई दिनसम्म भएको समिक्षा कार्यक्रममा गत आर्थिक वर्षमा म्याग्दीमा भएका स्वास्थ्य सम्बन्धी कार्यक्रमको उपलब्धी, सकारात्मक अभ्यास, चुनौति, समस्या र समाधानका लागि गरिएका प्रयासका विषयमा छलफल भएको थियो ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...