बेनीमा अनलाइनमा आधारित राजस्व सूचना प्रणाली

Add Samajik bikash office

बेनी, म्याग्दीको बेनी नगरपालिकाले अनलाइनमा आधारित राजस्व सूचना प्रणाली प्रयोगमा ल्याएको छ ।

यसअघि नगरपालिकामा प्रयोगमा ल्याइएको अनलाइनमा आधारित राजस्व सूचना प्रणाली चालू आर्थिक वर्ष २०७९÷८० देखि वडा कार्यालयहरुमा पनि लागू भएको हो । बेनी नगरपाकिलामा १० वटा वडा छन् ।

सेवा प्रवाहलाई छिटो, छरितो, व्यवस्थित, सरल र पारदर्शी बनाउन “पेपरलेस गर्भनरनेन्स र फेसलेस सर्भिस”को अवधारणा अनुसार अनलाइन राजस्व प्रणाली लागू गरिएको प्रमुख प्रशासकीय अधिकृत धोलकराज ढकालले बताउनुभयो ।

Shreekrishna hardwear in news

“सहज, छिटो, झञ्जट रहित र मितव्ययी हिसाबले सेवा उपलब्ध गराउन सूचना प्रविधिको प्रयोग गरेका छौ,” उहाँले भन्नुभयो “हरेक कामका लागि नगरपालिकाको कार्यालयमै आउनुपर्ने बाध्यता हटाउन वडामै सेवालाई विकेन्द्रित पनि गरिएको छ ।”

यसअघि ठेली प्याड बनाएर हातले लेखेर रसिद दिने गरिएको थियो । सफ्टवयरमा विवरण प्रविष्ट गरेर रसिद काट्न थालिएको हो । वडा कार्यालयमा सफ्टवयरबाट राजस्व तिर्ने सुविधा भएपछि नगरपालिका धाउनु नपर्ने, नजिक हुने, अनियमितता, अपारदर्शीता हट्ने र सेवा प्रवाह छिटो भएको छ ।

Bhautik ministry notice about road

म्याग्दीको रघुगंगा गाउँपालिका लगायत देशका विभिन्न स्थानीय तहमा लागू भएको अनलाइनमा आधारित राजस्व सूचना प्रणाली चुहावट नियन्त्रण, आम्दानी वृद्धि र पारदर्शीता कायम गर्न प्रभावकारी बनेको छ ।

यसैगरी योजनाको लगत तयार र विवरण प्रविष्ट गरेर सम्झौता गर्ने मिल्ने सफ्टवयर प्रयोगमा ल्याइएको छ । विद्युतीय माध्यमबाट व्यक्तिगत घटना दर्ता, कार्यालयमा उपस्थित भएर औठाछाप लगाउनुपर्ने बाहेकका सेवाका लागि इमेलबाट निवेदन लिने र सेवा दिने अभ्यास थालेको छ ।

विद्युतीय माध्यमबाट व्यक्तिगत घटना दर्ता गर्न यसअघिकै बर्षदेखि थालिएको थियो । सेवाग्राहीको औठाछाप आवश्यक नपर्ने बाहेकको सिफारिसका लागि इमेलमा निवेदन पठाउने र इमेलबाटै सिफारिस उपलब्ध गराउन थालेको प्रमुख प्रशासकीय अधिकृत ढकालले बताउनुभयो ।

नगरपालिका र वडाको सिफारिस, दर्ता र चलानीलाई अनलाइन प्रणालीमा आधारित बनाइएको छ । प्राबिधिकहरुलाई वडाबाटै काम गर्ने व्यवस्था मिलाएर रु. पाँच लाख सम्म बजेट बिनियोजन भएका योजना सम्झौता गर्ने अधिकार वडा सचिवलाई दिइएको नगर प्रमुख सुरत केसीले बताउनुभयो ।

बेनी नगरपालिकाको सवै वडा कार्यालयमा इन्टरनेट जडान भएको छ । विद्युतीय माध्यमबाट सेवा उपलब्ध गराउन कम्प्युटर, प्रिन्टर, स्क्यानर र विद्युत आपुर्तिको वैकल्पिक व्यवस्था मिलाइएको छ । वडा सचिवहरुलाई गत हप्ता अनलाइन राजस्व सूचना प्रणालीका विषयमा तालिम सञ्चालन गरिएको नगर कार्यपालिकाका प्रवक्ता रमेशकुमार श्रेष्ठले बताउनुभयो ।

Gandaki dadelo notice
प्रतिक्रिया दिनुहोस
Loading...