एकल पुरुषलाई तिजमा दिदिबहिनी सहकारीको मुठ्ठिदान

Add Samajik bikash office

बेनी, । बेनीको दिदिबहिनी बचत तथा ऋण सहकारी संस्थाले तिज पर्वको अवसर पारेर आइतबार एक जना एकल पुरुषलाई सहयोग गरेका छन् ।

सहकारीको मुठ्ठिदान अभियान अन्तरगत बेनी नगरपालिका–९ का एकल पुरुष डम्मरसिंह बिक र बेनपा ७ की जोलेखा बेगमलाई जनही रु. पाँच हजार ५५५ मूल्य बराबरको खाद्यान्न सहयोग गरेको हो ।

Bhautik ministry notice about road

बृद्ध अवस्थाका डम्मरसिंह एकल पुरुष हुनुहुन्छ । निम्न बर्गीय समुदायकी बेगम ज्याला मजदुरी गरेर जिविकोपार्जन गर्नुहुन्छ । उनिहरुलाई एक÷एक बोरा चालम सहित चिनी, चिया, दाल, नुन, मसला, आटा, तेल लगायतका खाद्यान्न सहयोग गरिएको सहकारीका उपाध्यक्ष बिष्णु गौतम सापकोटाले बताउनुभयो ।

Shreekrishna hardwear in news

बेनीमा महिलाहरुको मात्र सहभागितामा सञ्चालन भएको दिदिबहिनी सहकारीका सेयर सदस्यहरुले मुठ्ठिदान अभियानबाट गरिव विपन्न, अशक्त, असहायहरुलाई खाद्यान्न, औषधी उपचार र विपद् व्यवस्थापनमा सहयोग गर्दै आएको छ ।

Gandaki dadelo notice
प्रतिक्रिया दिनुहोस
Loading...