स्वास्थ्य कार्यालयको समिक्षा

Add Samajik bikash office

बेनी । आर्थिक वर्ष २०७८÷७९ मा सम्पादन भएका स्वास्थ्य कार्यक्रमहरुको जिल्ला स्तरीय समिक्षा गोष्ठि आइतबारदेखी बेनीमा शुरु भएको छ ।

स्वास्थ्य कार्यालय म्याग्दीले आयोजना गरेको कार्यक्रम दुई दिनसम्म चल्नेछ् । कार्यक्रममा स्वास्थ्य कार्यालय, बेनी अस्पताल, जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र र स्थानीय तहका स्वास्थ्य शाखा संयोजक तथा सहसंयोजकहरुको सहभागिता छ ।

Bhautik ministry notice about road

गत आर्थिक वर्षमा भएका स्वास्थ्य सम्बन्धी कार्यक्रमको उपलब्धी र स्वास्थ्य सेवा सम्बन्धी विषयमा प्रगति प्रतिवेदन प्रस्तुत एवम् छलफल गरिने स्वास्थ्य कार्यालय म्याग्दीका निमित्त प्रमुख एकनारायण लम्सालले बताउनुभयो ।

Shreekrishna hardwear in news

बेनी नगरपाकिलाका प्रमुख सुरत केसी, प्रमुख जिल्ला अधिकारी चिरञ्जिवी राना लगायतको उपस्थितिमा कार्यक्रम शुरु गरिएको थियो ।

Gandaki dadelo notice
प्रतिक्रिया दिनुहोस
Loading...