म्याग्दी नदीले बगाएर एक जना वेपत्ता

Add Samajik bikash office

बेनी । म्याग्दीको बेनी नगरपालिका–४ तातोपानीमा खोलाले बगाएर एक जना वेपत्ता भएका छन् ।

Bhautik ministry notice about road

उदयपुरको त्रियुगा नगरपालिका १० का २२ वर्षीय मिलन राइलाई शनिबार साँझ म्याग्दी नदीले बगाएर बेपत्ता बनाएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । नुहाउनका लागि किनारमा पुगेका राई लडेर नदीमा खसेपछि वेपत्ता बनाएको प्रहरी नायव उपरीक्षक तिलक भारतीले बताउनुभयो ।

नदी किनारमा राइले लगाएको कपडा मात्र भेटिएको छ । राई तीन वर्षदेखि तातोपानीमा ट्याक्टर चलाउने काम गर्दै आएका स्थानीय वासी समेत रहेका वडा सदस्य प्रेम श्रीसले जानकारी दिनुभयो । म्याग्दी र कालीगण्डकी नदी किनारमा खोजी गरिएपनि राई नभटिएका उहाँले बताउनुभयो ।

Gandaki dadelo notice
प्रतिक्रिया दिनुहोस
Loading...