मोनाको साधारणसभा ताकममा हुने

Gandaki Pardesh notice

बेनी, ११ भदौ । म्याग्दी प्रवासी नेपाली संघ (मोना)को अन्तराष्ट्रिय कार्यसमितिको साधारणसभा धवलागिरी गाउँपालिका–७ ताकममा हुने भएको छ ।

गत बर्षको कात्तिकमा बेनीमा भएको चौथो अधिवेशनपछि ताकममा वार्षिक साधारणसभा गर्न लागिएको हो । साधारणसभाको स्थान छनौट भएपनि मिति भने तय गर्न बाँकी रहेको मोनाका सचिव बिष्णुप्रसाद बरुवाल (सुवोध)ले बताउनुभयो ।

Bhautik ministry notice about road

विश्वका २८ देशमा विस्तार भएको मोनाको राष्ट्रिय कार्यसमितिका प्रतिनिधी र अन्तराष्ट्रिय समितिका पदाधीकारी तथा सदस्यहरुको सहभागिता रहनेछ । साधारणसभाको अवसरमा मोना कप भलिबल प्रतियोगिता पनि सञ्चालन गरिने मोनाले निर्णय गरेको छ ।

Shreekrishna hardwear in news

महाधिवेशनको तयारीका लागि स्थान छनोट भएको ताकमको स्थलगत अध्ययन, वडा र पालिकाका जनप्रतिनिधीहरुसँग छलफल गरेका छन् । मोनाका पुर्व अध्यक्ष चक्र थापा, उपाध्यक्ष सुर्य भट्टचन, सचिव बरुवाल लगायतको टोलीले ताकमको स्थलगत निरिक्षण गरेको हो ।

ताकमका वडा अध्यक्ष अशोक खत्रीले मोनाको निर्णयको स्वागत गर्दै साधारणसभा सफल बनाउन भूमिका खेल्ने बताउनुभयो । विश्वभरका प्रवासी म्याग्देलीहरु ताकममा भेला हुदाँ पर्यटन प्रर्वद्धन, लगानीका सम्भावनाको क्षेत्र पहिचान र सामाजिक क्षेत्रमा सहयोग भित्र्ने अपेक्षा गरिएको छ ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...