मंगोलका उमेद्वार सिफारिस

Gandaki Pardesh notice


बेनी, । आसन्न प्रतिनिधी र प्रदेशसभा सदस्य निर्वाचनका लागि मंगोल नेशनल अर्गनाइजेशन म्याग्दीले उमेद्वारको नाम सिफारिस गरेको छ ।

बेनीमा शनिबार बसेको जिल्ला कार्यसमितिको बैठकले प्रतिनिधीसभामा तीन, प्रदेशसभा क्षेत्र (क) मा ६ र (ख) मा पाँच जनाको नाम सिफारिस गरेको हो ।

Bhautik ministry notice about road

आकाक्षी धेरै भएपछि उमेद्वार छनौटका लागि माथिल्लो कमिटिमा नाम सिफारिस गरेको मंगोल नेशनलअर्गनाइजेशन पार्टी म्याग्दीका अध्यक्ष डेकबहादुर पुन (डिके)ले बताउनुभयो । प्रतिनिधीसभाको उमेद्वारमा रणबहादुर फगामी, डेकबहादुर पुन (डिके) र ओमराज मगरको नाम सिफारिस भएको छ ।

Shreekrishna hardwear in news

प्रदेशसभा क्षेत्र (क)को उमेद्वारमा दिपक पुन, राम गर्बुजा, नरबहादुर थापामगर, मिनु थापा मगर, एसिना शेरपुञ्जा र विनोद शेरपुञ्जाको नाम सिफासिस भएको छ । प्रदेशसभा क्षेत्र (ख)मा ओमराज मगर, मनबहादुर मगर, एलिस रोकामगर, कुलबहादुर फगामी र नरदेवी पुर्जा (कविना) सिफारिस हुनुभएको छ ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...