पालिकामा शिक्षा अधिकृत व्यवस्था गर्न माग

Add Samajik bikash office

बेनी, । एकीकृत अखिल नेपाल शिक्षक संगठन जिल्ला समन्वय समिति म्याग्दीले स्थानीय तहका शिक्षा शाखामा अधिकृत व्यवस्था गर्न माग गरेको छ ।

संगठनले शनिबार एक विज्ञप्ति जारी गरेर म्याग्दीका केही स्थानीय तहले शिक्षा शाखामा अधिकृत नियुक्त गर्न माग गरेको हो । शिक्षा शाखा व्यवस्थापन, प्रशासनमा अधिकृत स्तरका कर्मचारी नहुँदा शिक्षक कर्मचारीहरुको वृत्ति विकास तथा पेशागत विकासमा असर परेको संगठनको अध्यक्ष हुमनाथ पाण्डे र सचिव गोविन्द शर्माद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।

पालिकामा शिक्षा अधिकृत नहुँदा शिक्षकहरुको आन्तरिक मुल्याङ्कनमा समस्या हुँदा शिक्षकहरुको आन्तरिक बढुवा प्रभावित बनेको संगठनले जनाएको छ । मंगला र धवलागिरी गाउँपालिकाको शिक्षा शाखामा शिक्षा अधिकृतको व्यवस्थापन भएको छैन् ।

Shreekrishna hardwear in news
Bhautik ministry notice about road

संगठनको मंगला गाउँपालिका कमिटिका अध्यक्ष रमेश सुवेदी र सचिव विरबहादुर तरामीले पनि जिल्ला कमिटिको माग प्रति प्रेस विज्ञप्ति मार्फत एकेवद्धता जनाउनुभएको छ । संगठनले देशब्यापी थालेको काठमाडौ केन्द्रित आन्दोलनमा एकेवद्धता जनाएको छ । न्युन तलबमा सेवा गरिरहेका विद्यालय कर्मचारीहरुले सरकारले घोषणा गरेको न्युनतम तलब सुबिधाको माग गरेका हुन् ।

यसैगरी सरकारले विगतमा शिक्षक महासंघसँग गरेको सहमति अनुसार उच्च मावि र राहत शिक्षकहरुको सम्मानजनक व्यवस्थापन हुने गरी संघीय शिक्षक ऐन ल्याउनुपर्ने संगठनले माग गरेको छ ।

Gandaki dadelo notice
प्रतिक्रिया दिनुहोस
Loading...