पुनयोगमा सापकोटाले ल्याए चार जिपिए

Add Samajik bikash office

बेनी,। बेनीको लिटिल गार्डेन एकेडेमीका उत्सव सापकोटाले २०७९ को एसईई परिक्षाको पुनयोग नतिजामा चार जिपिए ल्याउनुभएको छ ।

माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजामा ३.९५ जिपिए प्राप्त गरेका शुक्रबार सार्वजनिक भएको पुनयोगको नतिजामा चार जिपिए प्राप्त गर्नुभएको हो ।

Bhautik ministry notice about road

सापकोटाले आफुले प्राप्त गरेको नतिजामा चित्त नबुझेपछि सानोठिमीस्थित परीक्षा नियन्त्रण कार्यालयमा पुनर्योगको आवेदन दिएकोमा उक्त पुनर्योगको नतिजामा सापकोटाको सर्वोत्कृष्ट ४ जिपिए कायम भएको हो ।

Shreekrishna hardwear in news

म्याग्दीको मंगला गाउँपालिका बरंजा स्थायी घर भई हाल बेनीमा बस्ने सापकोटाले आफ्नो मेहनत अनुसारको नतिजा आएको प्रतिकृया दिनुभयो । सापकोटाले सामाजिक विषयमा पुनर्योगका लागि आवेदन दिएको र विद्यार्थीले आफुले प्राप्त गरेको नतिजामा चित्त नबुझेको अवस्थामा पुनर्योगबाट भएपनि विद्यार्थीको मेहनतको फल प्राप्त भएको विद्यालयका प्रिन्सिपल दिपक सुबेदीले बताउनुभयो ।

विद्यालयबाट एसईईमा सहभागी अर्का विद्यार्थी बब्लु शाहले ३.९५ जिपिए ल्याउनुभएको थियो । सापकोटाको ४ जिपिए नतिजा संगै लिटल गोर्डेनले यस बर्ष देशभरबाटै ४३ जना मात्रैले ४ जिपिए ल्याउने विद्यार्थीहरुको सूचिमा आफ्नो विद्यालयबाट समेत प्रतिनिधित्व गराउने सफलता पाएको छ ।

Gandaki dadelo notice
प्रतिक्रिया दिनुहोस
Loading...